Powered by Blogger.
सिन्धुलीमा १२ हजार मतदाता थपीए


सिन्धुली ७, भदौं । सिन्धुलीमा १२ हजारबढी नयाँ मतदात थपीएका छन् । निर्वाचन आयोगले प्रदेश र संघिय निर्वाचनका लागि थप एक महिना सञ्चालन गरेको नमावली संकलन कार्यमा जिल्लामा १२ हजार ३३ जना नयाँ मतदाता थपीएका हुन् ।
५ हजार ७ सय ४० महिला र ६ हजार २ सय ९० जना पुरुष गरी १२ हजार ३३ जना मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालयका सिन्धुलीका निर्वाचन अधिकृत रमेश जोशीले बताउँनु भयो ।
यो संगै सिन्धुलीमा मतदाताका संख्या १ लाख ८० हजार २ सय ८० पुगेको छ । यस अघिको स्थानीय तहको निर्वाचनमा जिल्लामा १ लाख ६८ हजार २ सय ४७ जना मतदात रहेका थिए ।


, ,

0 comments

Write Down Your Responses