Powered by Blogger.
कमलामाई नगरपालिकामा प्लास्टिकका झोला प्रयोगमा रोक


सिन्धुली ७, भदौं । आगामी अशोज १ गतेबाट सिन्धुलीको कमलामाई नगरपालिका प्लास्टिक मुक्त नगर बन्ने भएको छ । जिल्लामा बसेको सर्वदलिय बैठकबाट आगामी अशोज १ गतेबाट जिल्ला सदरमुकाम तथा नगरका १४ वटै वडामा प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने निर्णय भएको हो । 
जिल्लाका सुरक्षा निकाय, उद्योगी व्यावासयी तथा सञ्चारकर्मीहरुसंग सरसल्लाह गरी नगरलाई सफा र सुन्दर बनाउँनका लागि प्लास्टिकका झोला प्रयोगमा रोक लगाईएको कमलामाई नगरपालिकाका मेयर खड्क खत्रीले बताउँनु भयो ।
अशोज १ गतेबाट नगरका सबै वडाहरुमा प्लास्टिक जन्य झोलाहरु प्रयोन नगर्न अनुरोध गर्ने, त्यसको प्रचार प्रसार गर्ने र १ गतेबाट औपचारीक रुपमा यो निर्णय लागु गर्ने उहाँले बताउँनु भयो । 
निर्णयलाई अटेरगरी कसैले १ गतेपछि प्लास्टिकका झोलाहरु प्रयोग गरेको पाइएमा कारबाही गरीने बताइएको छ । नगरपालिकाले नगरका सबै स्थानमा प्लास्टिकको प्रयोग नगर्न शन्देश मुलक होर्डीङ्ग बोर्डहरु राख्ने जनाएको छ ।


0 comments

Write Down Your Responses