Powered by Blogger.
मोटरसाइकल दुर्घट्ना हुँदा श्रेष्ठको मृत्यू

सिन्धुली ८, भदौं । सिन्धुलीको सुनकोसी गाउँपालिका ५ रामटारमा भएको सडक दुर्घट्नामा बिहिबार एक जनाको मृत्यू भएको छ ।
मृत्यु हुनेमा सुनकोसी गाउँपालिका ५ रामटारका ४० बर्षिय रामकृष्ण श्रेष्ठ रहेका छन् । श्रेष्ठ सवार बा ३५ प ९३२२ नम्बरको मोटरसाइकललाई काठमाण्डौंबाट सिन्धुलीतर्फ आउँदै गरेको बा १४ च २४९३ नम्बरको बोलेरोले ठक्कर दीँदा  श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
केही समय  अघिमात्र गैरीपुछारबाट घरतर्फ जाँदै गरेका श्रेष्ठलाई काठमाण्डौंमा कुखुरा ढुवानी गरेर फर्केको सिंगलक्याप बोलेरोले ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनायो ।
श्रेष्ठ पूर्व प्रहरी हवल्दार हुन् । श्रेष्ठलाई ठक्करदिने बोलेरोलाई प्रहरी चौकी रातमाटाले नियनत्रणमा लिएपनि चालक भने फरार भएको बताइएको छ ।
यतिवेला स्थानीयबासीहरुले लास सडकमै राखेर राजमार्ग बन्द गरेका छन । साना गाडिहरुले सडक यात्री तथा मोटरसाईकलहरुलाई ज्यादति गरेको, टाईम कार्डको उचित प्रयोग नगर्ने गरेको उनीहरुको भनाई छ ।


,

0 comments

Write Down Your Responses