Powered by Blogger.
सिन्धुली अस्पतालका चिकित्सकहरु आन्दोलनमा


सोमबारबाट ओपीडी सेवा बन्द
सिन्धुली १२, भदौं । स्थानीय सञ्चारमाध्यमले चिकित्सकको बद्नाम गरेको भन्दै सिन्धुली अस्पतालका चिकित्सकहरु सोमबारबाट आन्दोलित भएका छन् । उनिहरुले सोमबारबाट ओपीडीसेवा बन्द गरेर आन्दोलन थालेका हुन् । 
जिल्लाबाट प्रकाशन हुने एक दैनिक पत्रिका र अनलाई समाचारमा सिन्धुली अस्पताका डाक्टरको चरित्र हत्या गर्दै अपशब्द प्रयोग गरी चिकित्सकहरुको मनोबल गिराउने तथा प्रतिष्ठामा आँच आउने गरी कपोल्कल्पीत समाचार लेखी सम्प्रेशण गरेको भन्दै उनिहरु आन्दोलीत भएका हुन् । 
आइतबार र सोमबार छुट्टा छुट्टै प्रेस विज्ञप्ती जारी गर्दै चिकित्सकहरुले सामाचार प्रकाशन गर्ने संस्था र समाचार लेख्ने सञ्चारकर्मीले उक्त समाचारको खण्डन गर्दै माफी माग्नु पर्ने माग गरेका छन् । 
चिकित्सकहरुले नेपाल पत्रकार महासंघ, स्थानीय प्रशासन, सञ्चारमाध्यम र चिकित्सकहरुविचमा छलफल गरी समाचारका विषयमा टुङ्याएको भएपनि पुन उक्त मिडियाले थप बद्नाम गर्नेगरी चिकित्सकको अनुमती विनानै तस्वीर सहित समाचार लेखे पछि बाध्य भएर थप आन्दोलनमा उत्रनु परेको अस्पतालकी प्रमुख डाक्टर सुमित्रा गौतमले बताइन । 
उनले भनिन्, ‘चिकित्कसहरुले इमरजेन्सी सेवा बन्द नगरेको तर, ओपीडि सेवा भने सोमबारबाट अनिश्चित समयसम्मका लागि बन्द गरीएको छ । हाम्रा जायज मागहरु पुरा नभएसम्म ओपीडी सेवा सञ्चालन गर्ने छैनौं ।’
जिल्लामा डाक्टरहरु बस्दै नबस्ने गरेकोमा पछिल्लो समय विषय विसेषज्ञ सहितका डक्टरहरु आएर काम गर्ने गरेको भएपनि विभिन्न निहुमा डक्टरहरुमाथी चरित्र हत्या गर्नेगरी समचारहरु आउन थालेपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको उनको भनाई छ । डक्टर गौतमले चिकित्सकहरुको आन्दोलनका कारण विमारीप्रती पर्न गएको असुविधा प्रति क्षमा समेत मागेकी छिन् ।
आफुले घट्नाबारे पटक पटक छलफल गरेपनि उक्त सञ्चार माध्यमबाट आफुहरुको बद्नाम गरिरहेको गौतमको भनाई छ ।
उता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुवास कार्कीले पनि चिकित्सकहरुमाथी अभद्र व्यवहार भएपछि आन्दोलन भएको बताए । कार्कीले एक सञ्चारमाध्यमका पत्रकारको श्रीमति समान्य विमारी भएर उपचारका लागि अस्पतालमा आउँदा उपचारमा ढिला भएको निहुमा डक्टरमाथी दुव्र्यवबहार गर्दै कपोल्कल्पीत समाचार लेखेर चरित्र हत्या भएपछि डक्टरहरु आन्दोलनमा उत्रिएको बताए ।  
यस विषयमा सबै पक्ष वार्तामा बसी चाडो भन्दा चाँडो समस्याको हल गर्ने प्रयत्न भइरहेको उनको भनाई छ । यसैविच चिकित्सकहरुको आन्दोलनका कारण अस्पतालमा उपचार गराउँन आएका सेवाग्राहीहरु भने मारमा परेका छन् । आफुहरु अस्पतालमा उपचारका लागि विमारी लिएर आएपनि डाक्टरहरको आन्दोलनका कारण उपचार नपाएको मरिण गाउँपालिका ७ का पदम श्रेष्ठले बताए ।
डक्टरहरुको विरोधका कारण ओपीडि सेवा सञ्चालन नहुँदा आफुहरु मारमा परेकोले सबै पक्ष मिलेर समस्याको समाधान गर्नु पर्ने उनिहरुको माग छ । उनिहरुले डक्टरहरुको मागहरु जायज भएपनि विमारी भने मारमा परेको जनाएका छन् ।


,

0 comments

Write Down Your Responses