Powered by Blogger.
काठ बोकेको ट्रक सिन्धुलीगढीबाट प्रहरी नियन्त्रणमा


सिन्धुली, १३ भदौं । जिल्ला बन कार्यालयको छुटपुर्जि र कर्मचारीको उपस्थितिमा टाँचा पछि मात्र काठ लोड गर्न पाईने र लोड पछि शिलबन्दी गरिसकेपछि मात्र ओसार पसार गर्न पाउने कानुनी प्रावधान भएपनि कमलामाई नगरपालिका–३ जलकन्या चपौलीबाट छुटपुर्जि र शिलबन्दी बिना नै काठमाडौ तर्फ हिडेको काठको ट्रकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गढीदरबार क्षेत्रबाट मङलबार राति नियन्त्रणमा लिएको जनाएको छ । 
नम्बर आवादीबाट कटान गरी जलकन्या उच्च माध्यमिक विद्यालयको प्राङगणमा घाटगद्धि गरिएको १६ सय क्यूफिट उत्तिस जातको काठ काठमाण्डौलान लागीएको भनिएपनि आधिकारीक रुपमा आवश्यक प्रक्रिया पुरा नगरी ट्रकमा लोड गरी घाटगद्धि गरेको स्थानबाट ३ किलोमिटर अगाडि सिन्धुलीगढी दरबार क्षेत्रमा ल्याइएको जनाइएको छ । काठ लिन गएका तिनओटा ट्रकहरु मध्ये एउँटा काठ सहित प्रहरीले नियन्त्रणमा लिएको हो । 
प्रहरी प्रमुख केसीले भने, “छुटपुर्जि र शिलबन्दी बिना नै काठ बोकेको ना ३ ख ७३१२ नम्बरको ट्रक गढीदरबार क्षेत्रबाट नियन्त्रणमा लिएका छौं । आवश्यक अनुसन्धान र कार्वाहीका लागी जिल्ला बन कार्यालयलाई बुझाउँछौं ।” अन्य ट्रकहरु पनि काठ लिन चपौली पुगेको भएपनि काठ लोड नभएको उनले बताए ।

उता जिल्ला बन कार्यालय प्रमुख नविन गीरीले पुर्जि र कर्मचारीको उपस्थिती बिना काठ लोड गरेको जानकारी पाएर तुरुन्त अनलोड गर्न भनिएको र सम्बन्धीत पक्षलाई कानुन अनुसार कार्वाही गरिने बताए । प्रक्रिया पुरा नगरी काठ लोड गरी हिड्नु कानुन विपरीत भएको उनको भनाई थियो । 
वीपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट सडक खण्डमा ठुला सवारी साधन तथा मालवाहक ठुला ट्रकलाई प्रवेशमा निषेध गरिएको भएपनि १० टन भन्दा माथि लोड बोक्ने ड्रम ट्रक बिना अवरोध वीपी मार्गनै प्रयोग गर्दै चपौली पुगेर काठ लोड गरी फर्किएको अवस्थामा स्थानीयको खबरपछि मात्र प्रहरीले नियन्त्रणमा लिएको हो । 




, ,

0 comments

Write Down Your Responses