Powered by Blogger.
एक दर्जन बढी ट्याक्टरहरु प्रहरी नियन्त्रणमा


बुद्धकुमार आछामी
सिन्धुली, १५ भदौं । जिल्ला प्रहरी कार्याल्य सिन्धुलीले बिहिबार सदरमुकाम माढीबजार आसपासका खोलाहरुबाट अबैध रुपमा बालुवा उत्खन्न् गर्ने डेढ दर्जन ट्याक्टरहरुलाई नियन्त्रणमा लिएको छ । बालुवा तथा ढुंगा उत्खन्न्मा रोक लगाइएको भएपनि ट्रयाक्टरहरुले लुकिचोरी बालुवा उत्खन्न् गरेर व्यपार गरिरहेका थिए । बिहिबार भने बालुवा ढुंगा सहितका १७ वटा ट्रयाक्टर प्रहरी नियन्त्रणमा परेका छन । 
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार नियन्त्रणमा लिइएको ट्रयाक्टरहरु खोलाबाट ढुंगा तथा बालुवाहरु संकलन गरिरहेकै अवस्थामा भेटिएको थियो । ट्रयाक्टरहरुलाई आवश्यक कानुनी कार्वाहिका लागी जिल्ला समन्यव समितिमा पठाइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए । उता जिल्ला समन्यव समितिका स्थानीय विकास अधिकारी शिव प्रसाद हुमेगाईले अबैद्य रुपमा बालुवा ओसार पसार गर्ने तथा उत्खन्न् गर्ने ट्रयाक्टरलाई कार्वाही स्वरुप जरिवाना गरिने बताए । 
सिन्धुलीमाढी आसपासका खोलाहरुबाट अबैद्य रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन् भईरहेको विषय सिन्धुलीको लागी नयाँ होइन । आसपासका खोलाहरुमा ढुंगा गिट्टी बालुवा निकासीको ठेक्का लगाउँदै आएको जिल्ला समन्यव समिति सिन्धुलीले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका कारण विगत ३ वर्ष देखी ठेक्का लगाउन सकेको छैन । 
जिल्ला समन्यव समितिले ठेक्का लगाउन नपाउँदा उत्खनन् गर्न पाउने कानुनी अधिकार कसैलाई छैन । कानुनी अधिकार नभएपनि सिन्धुलीमाढीमा आसपासका खोलाहरुमा निरन्तर ढुंगा, गिटी र बालुवा उत्खनन् गर्ने कार्य कसैले रोक्न चासो दिएको अवस्था थिएन । यति सम्म कि असार, श्रावण भदौ तिन महिना उत्खन्न् गर्ननै पाईदैन तर पनि उत्खनन् कार्य निरन्तर जारी थियो । बिहिबारबाट भने जिल्ला प्रहरी कार्यालयले अप्रेशन सुरु गरेको हो । 


,

0 comments

Write Down Your Responses