Powered by Blogger.
छुट्टा छुटै दुर्घटनामा एकको मृत्यू, २ घाईते



सिन्धुली, १५ भदौं । जिल्लाका छुट्टा छुटै स्थानमा भएको दुर्घटनामा एक जनाको मृत्यू र २ जना घाईते भएका छन । 
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार कमलामाई नगरपालिका–९ को विद्यालय भवन सफा गर्ने क्रममा दुर्घटना हुँदा ना १ क ४४१९ नम्बरको जेसीबिका सहचालक दाङ घोराहि नगरपालिका–६ का अन्दाजी ३५ वर्षिय गोपाल मगर घाईते भएका थिए । घाईते मगरलाई उपचारको लागी बर्दिबास तर्फ लाने क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए । 
त्यस्तै बिहिबार नै सुनकोशी गाउँपालिका वडा नं.३ रातमाटाबाट वडा नं.४ कोटगाउँ तर्फ जाने क्रममा बा ३ ख १२१९ नम्बरको महेन्द्र निशानको मिनि ट्रक दुर्घटना हुँदा २ जना घाईते भएका छन । घाईते हुनेमा ट्रकका चालक रामेछाप खाडादेवी गाउँपालिका–१ का ४९ वर्षिय भोलानाथ चौलागाई र सह चालक सुनकोशी गाउँपालिका–३ का २६ वर्षिय विष्णु श्रेष्ठ घाईते भएका छन । घाईते दुवै जनाको स्थानीय भरोशा अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी धुलिखेल अञ्चल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । 


, ,

0 comments

Write Down Your Responses