Powered by Blogger.
खोलाले बगाएर एक महिलाको मृत्यू

सिन्धुली, १७ भदौं । सनिबार कमलाखोलामा आएको बाढीले बगाएर एक महिलाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सुक्रबार राति भएको बर्षाका कारण आएको बाढीले कमलामाई नगरपालिका वडा नं.१० कुलोखोला स्थायी ठेगाना भएकी अन्दाजी ५२ वर्षिय अम्बीका भुजेललाई खोला तर्ने क्रममा बगाउँदा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव निरीक्षक बिनोद शर्माले जानकारी दिए ।
उनलाई बिहान ९ बजेतिर गाउँभन्दा १ किलोमिटर तल खोलाको बगरमा मृत अवस्थामा फेला पारिएको र आवश्यक पोष्र्टमार्टमाका लागी सिन्धुली जिल्ला अस्पतालमा ल्याइएको शर्माले बताए ।


,

0 comments

Write Down Your Responses