Powered by Blogger.
जिल्ला समन्वय समितिका लागी मनोनयन दर्ता

एमाले माओवादी केन्द्र गठबन्धन, काग्रेस बाहिरिने निश्चीत 
बुद्धकुमार आछामी 
सिन्धुली, २० श्रावण । जिल्ला समन्यव समितिको निर्वाचनको लागी आज दलका उमेदवारहरुले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका छन । 
जिल्लाका ९ वटा स्थानीय तह मध्ये ३/३ वटा स्थानीय तह जितेका काग्रेस, एमाले र माओवादी केन्द्रले जिल्ला समन्यव समितिको निर्वाचनमा एकलौटी जिल्ला समन्यव समिति बनाउन सक्ने अवस्था नरहे पछि दुई पार्टी बीच सहकार्यका गरेर अगाडि बढेका छन । 
पहिलो चरणमा सत्ता साझेदार दल नेपाली काग्रेस र नेकपा(माओवादी केन्द) बीच ९ सदस्यीय समन्यव समितिमा ६/३ भागवण्डा गर्ने लिखित सहमति बनेको थियो । तर माओवादी केन्द्रले संयोजक पद आफुले पाउनु पर्ने दाबि गरेपछि उक्त सहमतिलाई तोड्दै नेपाली काग्रेसले नेकपा(एमाले)सँग सहमति गर्न पुगेको थियो । काग्रेस र एमालेको सहमति अनुसार संयोजक पद नेपाली काग्रेसले लिने र सह–संयोजक सहित ८ सदस्य नेकपा(एमाले)ले लिने लिखित सहमतिमा हस्ताक्षर भएको थियो । 
श्रावण ११ गते भएको उक्त लिखित सहमति श्रावण १८ गते राति सम्म आउँदा तोडिएर पुन नेकपा(एमाले) र माओवादी केन्द्र बीच सहकार्य गर्ने सहमति बनेको थियो । सोहि लिखित सहमति अनुसार नेकपा(एमाले) र माओवादी केन्द्रले सुक्रबार समन्यव समितिमा सयुक्त मनोनयन दर्ता गराएका छन । 
सहमति अनुसार संयोजक सहित ४ सदस्य नेकपा(एमाले) र सह–संयोजक सहित ५ सदस्य माओवादी केन्द्रका उमेदवारहरुले मनोनयन दर्ता गराएका हुन । एमालेका तर्फबाट संयोजकमा शंकरराज बर्मा, सदस्यहरुमा गंगा कार्की, बिन्दा परियार र ऐमान तामाङ्गले मनोनयन दर्ता गरेका छन । 
नेकपा(माओवादी केन्द्र) बाट सहसंयोजकमा सम्झना अधिकारी दनुवार, सदस्यहरुमा भगवती पुलामी, तेजवहादुर सुनुवार, अमृत वाइवा र चित्र बुढाथोकी(सन्तोष)ले सदस्यमा मनोनयन दर्ता गराएका छन् ।
एमाले र माओवादीवीच नयाँ तालमेल भए पछि जिल्ला समन्यव समितिको निर्वाचनमा नेपाली काँग्रेस पराजित हुने निश्चित भएको छ । साउन २५ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनमा एमालेसँग ७ माओवादीसँग ६ र नेपाली कांग्रेससँग ५ भोट रहेको छ । 
पराजित हुने निश्चित भएपनि नेपाली काग्रेसले पनि आफ्नो उमेदवारहरुको मनोनयन दर्ता गराएको छ । काग्रेसको तर्फबाट संयोजकमा सम्भु राउत, सह–संयोजकमा दिपा बैजु र सदस्यहरुमा पूर्णराज गीरी, लोक बहादुर थापा, अजुन कोइराला, सम्झना रोक्का, बिमला विंशकेले मनोनयन दर्ता गराएका छन । 




, ,

0 comments

Write Down Your Responses