Powered by Blogger.
२ नम्बर प्रदेशका नागरीकलाई राष्ट्रियतासंग जोड्न राष्ट्रिय दलले जित्नु पर्छ ः प्रचण्ड


राजन गाउँले
सिन्धुली २६, भदौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केन्द्रीय तहका राष्ट्रिय दलहरुले विजय प्राप्त गरेमात्र तराई मधेशको समस्या हल हुने बताएका छन् । 
सोमबार सिन्धुलीमाढीमा प्रेश सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले मधेसका नागरीकले उठाउँदै आएका मुद्धा र पहाड र मधेश विचको सम्बन्ध प्रगाढ कायम गर्न क्षेत्रीय राजनीतिक दलहरुले भन्दा केन्द्रीय तहबाट नेतृत्व गर्ने राष्ट्रिय स्तरको दलले जित्नु पर्ने बताएका हुन् । 
दुई नम्बर प्रदेशका नागरीकहरुलाई राष्ट्रियतासंग जोड्नका लागि पनि राष्ट्रिय पार्टीले जित्नु पर्ने आवश्यकता औंल्याउँदै यसले मात्र राष्ट्रियता बलियो बनाउँन मद्धत गर्ने प्रचण्डको भनाई छ ।
दुई नम्बर प्रदेशमा हुँदै गरेको तेस्रो चरणको स्थानीय तहको निर्वाचन प्रति लक्षित गर्दै प्रचण्डले मधेशलाई पहाडबाट अलगहुन नदिन आफुले धेरै मेहनत गरेको भन्दै उक्त निर्वाचनबाट माओवादी केन्द्रलाई नै विजयी गराए मधेशका नागरीकले उठाएका तमाम समस्याको हल पुरा गर्न सकिने उल्लेख गरे ।
तराई, मधेश, पहाड र हिमाललाई जुटाएर चुनाव गराउन माओवादी केन्द्रले खेलेको भुमिकाको आधारमा पनि दुई नम्बर प्रदेशमा माओवादी शक्ती पहिलो हुने प्रचण्डको दावी छ । माओावदी मधेशका नागरीकको अधिकारका लागि लड्ने पार्टीको रुपमा स्थापीत भएको दावी गर्दै प्रचण्डले पछिल्लो सयम माओावदीले मधेशमा गरेको मेहनतको फल प्राप्त गर्ने बेला आएको उल्लेख गरे ।
मधेश केन्द्रीत राजनीतिक दलका नेता तथा कार्यकर्ता नागरीक प्रतिभन्दा पनि आफ्नो भलोमा लाग्न थालेका कारण हजारौं मधेशका नागरीकहरु माओवादी केन्द्रप्रति आशा र भरोसा गर्दै समाबेश हुन थालेको प्रचण्डले स्पष्ट पारे ।
मधेशका नागरीकहरु माओवादी केन्द्रमा आबद्ध हुनु भनेको नै राष्ट्रिय एकताको शन्देश दिएको उहाँको भनाई छ । मधेशमा हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न हुने विश्वास लिएका प्रचण्डले निर्वाचनमा भने कांग्रेस, एमाले तथा मधेश केन्द्रीत राजनीतिक दलहरुबाट व्यापक रुपमा आचार संहिता उलंघन गर्दै भोज भतेर गर्न लागेको आरोप लगाए ।
पहाडमा भन्दा मधेशमा निर्वाचनबढी लागेको र पैसाको ब्यापक चलखेल भएको उनको भनाई छ । एउटै भोजमा दश कुन्टलसम्म मासु, रक्सीको व्यापक प्रयोग देखी एक जना मतदातालाई साडीमा १ हजार रुपैयाँ राखेर दिने गरेकोले पाइएको उनको भनाई छ ।
प्रचण्डले मधेशमा पन्चायतदेखीकै बुथ कब्जा गर्नेहरु अहिलेसम्म रहेको भन्दै रक्सी र मासु खुवाएर बुथ कब्जा नगरे माओवादी मधेशमा पहिलो शक्ति बन्ने निक्कै सम्भावना रहेको दावी गरे । यसका लागि बुथ कब्जा गर्नेहरुको विशेष निगरानी राख्न र कडा सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रीलाई आग्रह गरीएको उनको भनाई छ ।
पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले यस वर्ष चुनावी वर्षको रुपमा रहेको उल्लेख गर्दै आगामी मंसिरमा संघ र प्रदेशको दुवै निर्वाचन एकै चरणमा हुने प्रचण्डले खुलासा गरे । नेपालको इतिहासमै २०७४ महत्वपूर्ण वर्ष भएकोले यो वर्ष संविधान कार्यान्वयनको वर्ष बन्नेमा आफु ढुक्क रहेको उनले बताए । 
नोट ः पत्रकार भेटघाटमा बोल्दै माओावदी केन्द्रका अध्यक्ष प्रचण्ड । तस्विर ः राजन गाउँले ।



,

0 comments

Write Down Your Responses