Powered by Blogger.
सिन्धुलीको भद्रकाली चौकी प्रहरी हिरासतबाटै अभियुक्त फरार

सिन्धुली २३, भदौं ।प्रहरीको लापरबाहीका कारण सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकाली प्रहरी चौकीबाट अभियुक्त फरार भएका छन् । 
भद्रकालीको खट्टार स्थित मचिनीमायाँ गोलेको सुन तथा नगद चोरी गर्ने सोही ठाउँका राजकुमार मोक्तालाई स्थानीयले पक्राउगरी बिहिबार भद्रकाली प्रहरी चौकीलाई जिम्मा लगाएको भएपनि अभियुक्त विहिबार राती प्रहरी हिरासतबाटै फरार भएको स्थानीयले जनाएका छन् । 
अभियुक्तमाथी कारबाहीको माग गर्दै शुक्रबार बिहान प्रहरी कार्यालय पुगेको स्थानीय अभियुक्त मोक्तान रातीनै फरार भएको प्रहरीले जानकारी दिएपछि चकित बनेका छन् । 
मोक्तानले स्थानीय मचिनीमायाँ गोलेको सुनका गरगहनाका साथै पुराना पैसाहरु चोरी गरेको आरोप छ । मोक्तानलाई गरगहना र पैसा सहित रंगेहात पक्राउ गरी प्रहरीको जिम्मा लगाएको भएपनि प्रहरीको लापरबाहीका कारण परार भएको गोलेका छोरा मानबहादुर गोलेल सुनाए । 
उता प्रहरीको लापरबाहीका कारण अभियुक्त फरार भएको कुरा सत्य भएको भन्दै घट्नाबारेमा अनुशन्धान थालिएको सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक टिकाबहादुर केसीले जानकारी दिए ।
फरार अभियुक्तको खोजि कार्य भइरहेको र मोक्तानलाई हदम्याद थप गरी कुनैपनि हालतमा नियन्त्रणमा लिएर कारबाही गरि छाड्ने केसीको दावी छ ।


0 comments

Write Down Your Responses