Powered by Blogger.
माओवादी केन्द्र सिन्धुलीको चुनाबि कमाण्डर गजुरेल



सिन्धुली, ७ असोज । आगामी मंसीरमा हुने संघ र प्रदेश निर्वाचनमा सिन्धुलीको कमान्ड नेता हरिबोल गजुरेलले गर्ने भएका छन । नेकपा(माओवादी केन्द्र) जिल्ला समिति सिन्धुलीको सनिबार बसेको बैठकले नेकपा(माओवादी केन्द्र)का केन्द्रिय कार्यालय सदस्य  हरिबोल गजुरेलको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । 
बैठकले आगामि निर्वाचनमा पार्टीलाई बिजयी गराउन चुनाबी कार्ययोजना समेत निर्माण गरेको जिल्ला नेता राजन दाहालले जानकारी दिए । उनले भने, “माओवादी केन्द्र र उस्का उमेदवारहरुलाई बिजयी गराउन आजैबाट पार्टी चुनाबि तयारीमा होमिएको छ, पहिलो चरणमा प्रत्येक वडाहरु अभियान चलाइने छ ।” निर्वाचनमा आफ्नो पार्टीले प्रदेश तथा संघका सवै सिट जित्ने तयारीका साथ चुनावी अभियानमा होमिने निर्णय भएको दाहालले बताए । 
बैठकले तत्काललाई गजुरेलको नेतृत्वमा ३५ सदस्यीय निर्वाचन परिचालन समितिको सचिवालय गठन गरिएको र गाउँपालिका तथा नगरपालिका स्तरमा केहि जिम्मेवारी हेरफेर गरिएको बताइएको छ । 
वैठकमा प्रदेश तथा संघका उमेदवारहरुको बारेमा सामान्य चर्चा गरिए पनि स्थानीय तहको पार्टी कमिटीहरुको सुझाब सल्लाहलाई समेत मध्यनजर गर्दै असोज दोश्रो साता भित्र टुंगो लगाई सकिने बताइएको छ । 
प्रदेश तथा संघको लागी उमेदवारहरुको चर्चा माओवादी केन्द्र भित्र सुरु भैसकेको छ । चर्चामा रहेका उमेदवारहरुमा नेता हरिबोल गजुरेल, राजन दाहाल, विषमलाल अधिकारी दनुवार, डम्बर कार्की, बुद्धिमान माझी, प्रकाश श्रेष्ठ, निरु दर्लामी, लक्ष्मी गुरुङ्ग, रामचन्द्र ठाडा, रामकुमार पौडेल, कमल दाहाल रहेका छन । आकाक्षी धेरै भएपनि पार्टीले कस्लाई उमेदवार बनाउँदा जितलाई सुनिश्चित गर्न सकिन्छ उसैलाई टिकट दिईने बताइएको छ । 


, ,

0 comments

Write Down Your Responses