सिन्धुलीको दुधौलीमा एक महिलाको हत्या गरिएको आरोप

राजन गाउँले
सिन्धुली ७, असोज । सिन्धुलीको दुधौली नगरपालिका ११ पत्रिङ्गामा एक महिलाको हत्या भएको आरोप छ ।
पत्रिङ्गामा स्थित मुसहर बस्तीकी ३५ वर्षीया सिता सदाको हत्या भएको उनका आफन्तहरुले आरोप लगाएका छन् ।
गत असोज ३ गते राती करिव ९ बजे घरमै सदाको हत्या गरीएको भन्दै मृतकका भाई आशाराम सदाले किटानी सहित जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दिएका छन् ।
मृतक सदाको श्रीमान दुखिया सदा र उनको छोरा घरमा नभएको मौका पारी हत्या गरीएको भन्दै स्थानीय तिनजनाको नाममा आसारामले किटानी जाहेरी दिएका हुन् ।
सदाको किटानीका आधारमा तिन जनालाई इलाका प्रहरी कार्यालय दुधौलीले पक्राउ समेत गरेको छ । उनिहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीको हिरासतमा राखिएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक विनोद शर्माले जानकारी दिए ।
मृतक सदाको शव पोष्ट मार्टम उदयपुरको कटारी स्थित अस्पतालमा भएको थियो । अस्पतालले मृतक सदाको घाँटी थिची हत्या गरेको जनाएपछि उनका आफन्तले तिन जनाको नाममा किटानी जाहेरी दिएका थिए ।
पक्राउ पर्नेहरुको बारेमा भने प्रहरीले केही खुलाउन मानेको छैन् । दशैको कारण अदालत बन्द भै सकेको जनाउँदै दशैं पछि अदालत उपस्थित गराएर आवश्यक अनुशन्धान गरिने प्रहरीले जनाएको छ ।
उता स्थानीयले दोशी माथी कडा कारबाही गर्नु पर्ने माग गरेका छन् । यस अघि दुधौली नगरपालिका ११ पत्रिङ्गाकै स्थानीय चेतप्रबहादुर बस्नेतको हत्या गरिएको चार वर्ष भइसक्दा पनि हत्याराको पहिचान हुन नसकेको भन्दै स्थानीय प्रहरीमाथी खनिएका छन् । स्थानीयका अनुसार २०७१ जेठ महिनामा बस्नेतको हत्या भएको थियो ।
0 comments
Write Down Your Responses