Powered by Blogger.
समाजसेवी थापाको स्मृती जिल्ला स्तरीय कराँते प्रतियोगिता

सिन्धुली १७, भदौं । सिन्धुली जिल्लामा पहिलो पटक समाजसेवी मोहन विक्रम थापा स्मृती जिल्ला स्तिरीय सितोरीयो कराते प्रतियोगीता सम्पन्न भएको छ । 
शनिवार नेपाल सितोरियो कराँते डो–संघ शाखा कमलामाई डोजोको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
मोफसलमा खेलकुद गतिविधिलाई निरन्तरता दिनका लागि सिन्धुलीका समाज सेवी तथा शिक्षाविद् मोहन विक्रम थापाको स्मृतीमा जिल्लामै पहिलो पटक यस्तो प्रतियोगिताको आयोजना गरिएको कमलामाई डोजोका सञ्चालक तथा अन्तराष्ट्रिय खेलाडी गोपीलाल बम्जनले बताए । 
प्रतियोगितामा जिल्ला भरका कराँते खेलाडीहरुको सहभागित रहेको थियो । प्रतियोगी मध्ये १० उत्कृष्ठ खेलाडीलाई नगद दश÷दश हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । विजयी खेलाडीलाई पुरस्कार प्रदान गर्न स्वर्गीय समाजसेवी मोहन विक्रमका छोरा उज्ज्वलविक्रम थापाले १ लाख रुपैयाँ अनुदान दिएका थिए । प्रतियोगितामा २५ केजी तौलदेखी ५५ केजी तौलसम्मका दश वटा टिम सहभागिता भएका थिए । 
विजेतालाई कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, नौं नम्बर बाहिनीका बाहिनीपति सुरेश कार्की, समाजेसवी उज्ज्वलविक्रम थापाले नगद पुरस्कार प्रदान गर्नु भएको थियो । यस्तो प्रतियोगितालाई आगामी वर्षबाट निरन्तराता दिने समाजसेवी थापाको भनाई छ ।


, ,

0 comments

Write Down Your Responses