Powered by Blogger.
सिन्धुलीमा कृषि तथा पशु सेवा प्राविधिकहरुको प्रदेश भेला


सिन्धुली १७, भदौं । एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिक हकहित संरक्षण समिति नेपालको ३ नम्बर प्रदेश भेला शनिबारबाट सिन्धुलीमाढीमा सुरु भएको छ । कृषि तथा पशु सेवा प्राविधिक हकहित संरक्षण समिति नेपालका अध्यक्ष उत्तम पोखरेलको उपस्थितीमा सुरु भएको भेलामा तिन नम्बर प्रदेशका जिल्लाहरुबाट २ सय बढी कृषि तथा पशु सेवा प्राविधिकहरुको सहभागिता रहेको छ ।
सरकारले ग्रामिण क्षेत्रका कृषकहरुका लागि कृषि तथा पशुपालन क्षेत्रमा सहयोग गर्ने उद्देश्यले एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिकहरुको नियुक्तगरी फिल्डमा खटाएको भएपनि स्थानीय तह संरचना पछि नितीगत रुपमा काममा समस्या भएको र खटिएका प्राविधिक जनशक्तिको रोजगारीको ग्यारेन्टी सरकारले गर्नुपर्ने उनीहरुले माग गरेका छन । ।
दुई वर्ष अघि देशभरमा १ हजार ५ सयबढी प्राविधिकहरुलाई लोकसेवा आयोगबाट नियुक्तगरी परिचालन गरेपनि स्थानीय तह संरचना पछि आफुहरुको भुमिका कमजोर भएर गएको केन्द्रीय अध्यक्ष पोखरेलले बताउँनु भयो । 
स्थानीय तह संरचनापछि जिल्ला पशु सेवा र जिल्ला कृषि विकास कार्यालयबाट आउने प्राविधिकहरुको तलव भत्ता समेत गाउँ तथा नगरपालिकामा गएपछि पारिश्रमीक पाउन समेत कठिनाई भएको उहाँको भनाई छ । 
स्थानीय स्तरमा नयाँ संचरना अनुसारको ऐन समेत आइनसकेका अवस्थामा आफुहरु कसको माताहतमा रहेर कामगर्ने भन्नेसमेत अन्यौल रहेको जिल्ला अध्यक्ष लक्ष्मण कार्कीको गुनासो छ ।
उनिहरुले नयाँ संरचना अनुसार गाउँ तथा नगर कार्यपालिकामा निशर्त नियुक्ती दिई काम गर्ने बातावरण मिलाई दिन स्थानीय जनप्रतिनीधिहरुसंग माग समेत गरेका छन् । 
भेलामा सिन्धुली जिल्लाका स्थानीय जन प्रतिनीधिहरुको समेत सहभागिता रहेको छ । उहाँहरुले सरकारले स्थानीय तह संन्चालन कार्यविधी आएपछि आफुहरुले प्राविधिकहरुलाई कार्यविधीले दिएको अधिकार अनुसार सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।



,

0 comments

Write Down Your Responses