Powered by Blogger.
कमलामाई नगरलाई पाँच वर्ष भित्रमा नेपालमै नमुना नगर निर्माण गरिने


राजन गाउँले
सिन्धुली १८, भदौं । कमलामाई नगरपालिकालाई हरित नगर निर्माण गर्ने उद्देश्यका साथ सिन्धुलीमाढीमा वृक्षारोपण कार्यलाई तिव्र पारिएको छ । 
कमलामाई नगरपालिका, नेपाली सेना र पत्रकारहरुको संयुक्त पहलमा नगरपालिका क्षेत्र भित्रको विपी राजमार्ग अन्तरगत नेपाली सेनाको ९ नम्बर बाहिनी अढ्डा देखी कमलामाई नगरपालिका २ ढुङ्ग्रेभन्ञ्याङसम्मको करिव १५ किलोमिटर क्षेत्रमा ८ सयबढी विरुवा रोपीएको हो ।
नेपाली सेनाको श्री ९ नम्बर बाहिनिका बाहिनीपति सुरेश कार्की, कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, नेपाल पत्रकारमहासंघका केन्द्रीय सदस्य द्धवारीका काफ्ले तथा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी लगायतको उपस्थितीमा वृक्षारोपण गरिएको हो ।
कमलामाई नगरपालिकालाई हरित नगर निर्माण गरी जिल्लामै नमुना नगरका रुपमा विकास गर्नका लागि वृक्षा रोपण गरिएको मेयर खड्ग खत्रीले बताए । 
उनका अनुसार आगामी पाँच वर्ष भित्रमा कमलामाई नगरलाई नेपालमै नमुना हरित नगर निर्माण गरिने छ । यसका लागि पहिलो नगर सभाबाट आवश्यक निर्णय गरी नीति तथा नियम निर्माण गर्न थालिएको छ ।
नगरपालिकाका १४ वटै वडाका खुल्ला स्थान र राजमार्ग तथा साना सडकका दायाँबायाँ हरियाली विरुवाहरु रोपीने छ । ‘त्यस्ता विरुवा रोप्न र हुर्काउँनका लागि नगरका नागरीकलाई एक घर एक विरुवाको जिम्मा लगाइने छ । नगरका महत्वपूर्ण स्थानहरुमा बँगैचा, पार्कहरु निर्माण गरेर आगामी पाँच वर्षभित्र देशकै नमुना हरित नगरपालिका निर्माण गरिने छ,’ उनले भने ।
आन्तरीक तथा बाह्य पर्यटन प्रर्वद्र्धनका दृष्टिले महत्वपूर्ण मानिएको सिन्धुली जिल्ला र गढी दरबार तथा किल्लाको उचित प्रचार प्रसारका लागि ग्रिन सिटी निर्माण थालिएको उनको भनाई छ । 
कमलामाई नगरपालिका भित्र रहेका सिन्धुलीगढी दरबार, विजयकिल्ला, काली, कमला तथा शिद्धबाबा मन्दिर क्षेत्रमा वृक्षा रोपण गरी नगर क्षेत्रलाई हरियाली बनाउँने योजना बनाइएको श्री नम्बर नौं बाहिनीका बाहिनीपति सुरेश कार्कीले बताए । 
‘यसका लागि नेपाली सेनाले सकेसम्मको सहयोग गर्ने योजना रहेको छ । वृक्षारोपण गरिएका विरुरुवा हुर्काउनका लागि तारजाली, घेराबेरा निर्माण, प्रचारप्रसारका लागि होर्डीङबोर्ड निर्माण लगायतका काममा नेपाली सेनाले सहयोग गर्ने छ,’ उनले भने । कार्कीका अनुसार सेनाले जिल्ला सदरमुकाम तथा नगरपालिकाको मुख्य क्षेत्रमा रातको समयमा आवगमन गर्नेहरुका लागि मनै लोभ्याउने प्रकारका सडक बत्तीहरु जडानका लागि पनि नगरपालिकासंगको सहकार्यमा सहयोग गर्ने छ ।
कमलामाई नगरपालिकालाई साँच्चीकै हरियाली र शुन्दर नगर बनाउँने हो भने प्रचार प्रसार भन्दापनि काम गरेर देखाउँन सके सम्भावना रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्धवारीका काफ्लेको भनाई छ । ‘सिंगो नगरबासी लाग्ने हो भने सिन्धुली जिल्लाकै महत्वपूर्ण स्थलहरुको अवलोकनका लागि जिल्लामा भित्रने आन्तरीक तथा बाह्य पर्यटकहरु भित्राउन र आर्थीक रुपमा सफल बनाउँनका लागि स्वस्थ, सफा, हराभरार सुन्दर नगर निर्माण आजको आवश्यकता हो,’ उनले भने ।


,

0 comments

Write Down Your Responses