Powered by Blogger.
कृषि तथा पशु सेवा प्राविधिकहरुको प्रदेश अध्यक्षमा कार्की


सिन्धुली १८, भदौं । एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिक हकहित संरक्षण समिति नेपालको ३ नम्बर प्रदेश भेलाबाट प्रदेश अध्यक्षमा सिन्धुलीका जयन्त कार्की चयन भएका छन । 
सनिबार सिन्धुलीमाढीमा सम्पनन् भएको भेलाले जयन्त कार्कीको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति चयन गरेको जनाइएको छ । भेलाबाट गठित प्रदेश समितिको उपाध्यक्षमा गम्भीर खड्का(दोलाखा), सचिबमा मदुसुधन पाण्डे(नुवाकोट) कोषाध्यक्ष सोभा तामाङ(ललितपुर), सहसचिब सुमन गीरी(रामेछाप) रहेका छन । 
त्यस्तै भेलाले सदस्यहरुमा सरोज सापकोटा(मकवानपुर), सुरेश पौडेल(रसुवा), प्रमोद मैनाली(सिन्धुली), किशोर बस्नेत(सिन्धुलीपाल्चोक), सुन्दर श्रेष्ठ(नुवाकोट), मेनुका शिवभक्ति(धार्दिङ) गोविन्द प्रसाद तिम्लसीना(ललितपुर), रीता वुढाथोकी(रामेछाप), कमला तामाङ(दोलाखा), विष्णुमायाँ थापा(मकवानपुर) र राजु बराल(रसुवा) लाई चयन गरेको जनाइएको छ । 
कृषि तथा पशु सेवा प्राविधिक हकहित संरक्षण समिति नेपालका अध्यक्ष उत्तम पोखरेलको उपस्थितीमा भएको भेलामा तिन नम्बर प्रदेशका जिल्लाहरुबाट २ सय बढी कृषि तथा पशु सेवा प्राविधिकहरुको सहभागिता रहेको थियो ।
सरकारले ग्रामिण क्षेत्रका कृषकहरुका लागि कृषि तथा पशुपालन क्षेत्रमा सहयोग गर्ने उद्देश्यले एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिकहरुको नियुक्तगरी फिल्डमा खटाएको भएपनि स्थानीय तह संरचना पछि नितीगत रुपमा काममा समस्या भएको र खटिएका प्राविधिक जनशक्तिको रोजगारीको ग्यारेन्टी सरकारले गर्नुपर्ने भेलाले माग गरेको छ । 
दिनरात जनताको सेवामा खटिएका प्राविधिकहरुको रोजगारीको सुरक्षित सरकारले गरीदिनुपर्छ भन्ने आफुहरुको माग रहेको अध्यक्ष जयन्त कार्कीले बताए । 


,

0 comments

Write Down Your Responses