Powered by Blogger.
माओवादी केन्द्रले सम्झीयो विशाल र कुमारलाई


सिन्धुली, २० भाद्र । जनयुद्धका शहिद शेरमान कुवँर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा नेकपा (माओवादी) सिन्धुलीले मगंलबार एक कार्यक्रम गरेको छ ।
सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा विशाल र कुमारले जनयुद्धमा खेलेको भूमिकाको नेताहरुले चर्चा गरेका थिए ।
नेकपा (माओवादी)का सचिवालय सदस्य हरिबोल गजुरेलले कुमार र विशालको सपना साकार पार्न सवै एकजुट भएर अगाडि बढ्नु पर्ने र संविधान कार्यान्वयनको लागी अगाडि बढ्नु पर्ने बताए ।
माओवादी केन्द्र सिन्धुलीका सह इन्चार्ज बुद्धिमान माझीको अध्यक्षतामा भएको कार्यक्रममा नेता धुव्र देवकोटा, आस्था भुजेल, प्रकाश श्रेष्ठ लगायतले विशाल र कुमारको संघर्षपूर्ण जीवनको चर्चा गरेका थिए ।


, ,

0 comments

Write Down Your Responses