Powered by Blogger.
अखिल नेपाल ट्रेड यूनियन महासंघ सिन्धुलीमा श्रेष्ठ




सिन्धुली, २० भाद्र । अखिल नेपाल ट्रेड यूनियन महासंघ सिन्धुलीको संयोजक रोशन श्रेष्ठ चयन भएका छन । १३ औं विशाल कुमार स्मृति दिवसको अवसर पारेर आयोजित ट्रेड यूनियन महासंघको विस्तारित वैठकबाट जिल्ला संयोजकको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो ।
नेकपा(माओवादी) केन्द्रका सचिवालय सदस्य हरिबोल गजुरेल तथा ट्रेड यूनियन महासंघका महासचिब प्रकाश श्रेष्ठको विशेष उपस्थितीमा सम्पनन् विस्तारित वैठकले १९ सदस्यीय जिल्ला तदर्थ समिति समेत गठन गरेको जनाइएको छ । जिल्ला कार्यसमिति सदस्यहरुमा इच्छा बहादुर सार्की, कल्पना भुजेल, बम बहादुर पहाडी, सागर गुर्मछान, तिर्थ बहादुर थापा, संकर बसेल, आईत आछामी, सुशिला पहाडी लगायत रहेका छन ।
नवगठित कार्यसमितिले विभिन्न् पेशागत ट्रेड यूनियनहरुको गठनसँगै जिल्ला सम्मेलनको तयारी गर्ने जनाइएको छ । साथै जिल्ला कार्यसमिति सदस्यहरुको स्थानीय तहमा कार्यविभाजन समेत गरिएको छ । जिल्लाका सवै नगरपालिका तथा गाउँपालिकाहरुमा संगठन विस्तार गर्दै मजदुरहरुको हकहित र सुरक्षाको लागी विभिन्न् कार्यक्रमहरु अगाडि बढाईने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


,

0 comments

Write Down Your Responses