Powered by Blogger.
मलेसीयाबाट नेपाली युवाहरुद्धारा पहिरो पिडितलाई सहयोग

सिन्धुली, २० भाद्र । बैदेशिक रोजगारीको सिलसिलामा मलेसीया पुगेका नेपाली युवाहरुले गत श्रावण २८ गते गएको पहिरोका कारण मृत्यू हुने कमलामाई नगरपालिका–६ गैरीबजारका मृतकका आफ्न्तलाई राहत स्वरुप रकम सहयोग गर्ने भएका छन । 
सिन्धुलीमाढीबाट सञ्चालित विजयकिल्ला डटकम अनलाईन तथा फेसबुक मार्फत देशभरिका बाढी पिडितहरुको दुःखमा दुखित बनेका परदेशी नेपाली युवाहरुले आफ्नो जिल्लामा परेको दैबिक विपदका कारण मृत्यू हुने परिवारका आफ्न्तलाई दुखेको घाउँमा थोरै भएपनि मलम पट्टी लगाउने उदेश्यका साथ सहयोग रकम हस्तान्तरण गर्न लागेको बताएका छन । 
मलेसीयामा कार्यरत श्रवण लुंगेली मगरको संयोजनमा २१ जना विशेषत सिन्धुलीकै युवाहरुले मलेसीयन रिङगेट ३ हजार ४ सय ४४ अर्थात नेपाली रुपैयाँ ८१ हजार ४ सय ८६ रुपैयाँ संकलन गरी पिडित परिवारलाई हस्तान्तरण गर्न लागेका हुन । 
मलेसीयामा संकलन गरिएको राहत रकम रेडियो बिजयकिल्ला ९३.० मेगाहर्जको संयोजनमा प्रमुख जिल्ला अधिकारी मार्फत मृतकका आफ्न्त उदय बहादुर खड्कालाई हस्तान्तरण  गर्न नेपाल पठाईसकिएको संयोजक श्रवण लुंगेली मगरले जानकारी दिए । 
आउँदो सुक्रबार विशेष कार्यक्रमका साथ प्रमुख जिल्ला अधिकारी मार्फत पिडित परिवारलाई राहत रकम हस्तान्तरण गर्ने तयारी भएको रेडियो बिजयकिल्लाका सञ्चालक समिति अध्यक्ष नरेश देवकोटाले जानकारी दिए । 
गत श्रावण अन्तिम सात परेको अबिरल वर्षाका कारण सिन्धुली कमलामाई नगरपालिका–६ गैरीबजारमा गएको पहिरोले एकै घरमा दुर्गा कुमारी खड्का (२७ वर्ष) ,शोभा खड्का ( १५ वर्ष), अनिस खड्का वर्ष ( १० बर्ष) र मनिष खड्का (वर्ष ८) का को मृत्यू भएको थियो । मृतकका आफ्न्तलाई विभिन्ने व्यक्ति, संस्था तथा समुहले सहयोग गर्ने क्रम निरन्तर जारी छ । 
सहयोग गर्ने व्यक्तिहरुको नाम र सहयोग रकम तपशिल बमोजिम रहेको छ । 
श्रवण लुङ्गेली मगर २०१।–
सागर पहाडी २५०।–
उमेश माझी १०१।–
पेमा लामा तामाङ २०१।–
लोक बहादुर पुलामी १११।–
मधुकर कार्की २०५।–
कबिराज बस्नेत २११।–
डम्बर श्रेष्ठ १०१।–
अशोक तामाङ २००।–
१० अर्जुन दियाली १०१।–
११ जितेन माझी १०१।–
१२ श्रवन लामा ११०।–
१३ पदम ठाडा मगर २०५।–
१४ सुनिल माझी १०१।–
१५ भिम रिजाल १०१।–
१६ शंखध्वज भ्लोन  ३००।–
१७ रोहित बस्नेत \साथीहरू ३५०।–
१८ बाबुलाल वाइबा ११०।–
१९ आयुस मगर १५१।–
२० सुमन पोख्रेल १०५।–
२१ अरुण गोले  ११०।–
२२ सन्दीप वाईवा ११०।–
जम्मा रकम  ३४४४।–


,

0 comments

Write Down Your Responses