Powered by Blogger.
कमलानदीमा ३२ करोडको पुल निर्माण कार्य चार वर्षदेखी अलपत्र


पुल नहुँदा वर्षेनी स्थानीय अकालमा ज्यान गुमाउन बाध्य
सिन्धुली २२, भदौं । सिन्धुली जिल्लाकै सबन्भदा ठुलो नदीका रुपमा रहेको कमला नदीले वर्सेनी एक दर्जनबढीको बगाएर ज्यान लिने गरेको छ । 
वर्षातको समयमा झण्डै ६ महिना जिल्ला सदरमुकाममाढीसंग सम्बन्धविच्क्षेदनै गर्ने यस नदीमा उर्लेर आउने भेलले बगाउँदा वर्षेनी दर्जनौको ज्यान जाने गरेको हो । कमलानदी पारीको सिंङ्गो दुधौली नगरपालिकाको १४ वटा वडाका हजारौं नागरीक हत्केलामा ज्यान राखेर भगवान भरोसाको रुपमा नदीवारपार गर्नु पर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन् ।
कमला नदीपारीका नागरीक विमारी भएभने उपचारका लागि जिल्ला सदरमुकाम तथा अन्यत्र लैजान परे नेपाली सेना, प्रहरीको  सहायतामा नदीवारपार गर्नु पर्ने बाध्यता रहेको छ । कमला नदीले बगाउँदा यस वर्षमा पनि झण्डै आधा दर्जनबढी नागरीकको ज्यान गइसकेको छ । हालैमात्र कमला नदी तरेर उपचारका लागि लैजान नसक्दा सर्पको टोकाइबाट घाइते दुधौली नगरपालिका ६ की जानुका कार्कीको मृत्यू भएको छ । 
कमलानदी पारगर्दै दुधौलीबाट काठमाण्डौं तर्फ छुट्ने सवारी साधनहरु समेत नदीले बगाउँदा थप जोखीम बढेको छ ।
 नदीमा ठुलो बाढी आएका बेला कमला नदी वारी नेपाली सेनाले र पारिपट्टी नेपाल प्रहीको चौकीमा कार्यरत प्रहरीहरुले नदी वारपार गर्न सर्वसाधरणलाई रोक्ने गरेको छ । 
कमला नदीमा पुल बनाउँन बजेट नपरेको पनि हैन् । कमलानदीमा पक्की पुल निर्माणका लागि विश्व बैंकले ३२ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । उक्त पुल निर्माणका लागि पाँच वर्ष अघिनै पप्पु लुम्वीनी जेभिले ठेक्का लिएको भएपनि कामै नगरी बस्दा स्थानीयले यस्तो समस्या भोग्नु परेको हो ।
नेपालकै दोस्रो लामो पक्की पुलको रुपमा निर्माण थालिएको उक्त पुल आगामी आर्थिक वर्ष ०७३÷०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर आर्थीक वर्ष ०७४÷०७५ सुरु हुँदासम्म पुलको ४० प्रतिसतकाम पनि सम्पन्न नगरी निर्माणकम्पनी सम्पर्क विहिन भएपछि स्थानीयले वर्षेनी यस्ता समस्या भोग्नु परेको गुनासो गरेका छन् ।  
हेटौंडा—सिन्धुली—गाईघाट—चतरा बैकल्पीक सडक खण्ड अन्तर्गत पर्ने उक्त पुल डबल लेण्ड अर्थात ६ मटिर चौडाई र ५ सय ४६ मिटर लामो निर्माण गर्नु पर्ने प्राविधिक स्टमेटमा उल्लेख छ ।


,

0 comments

Write Down Your Responses