Powered by Blogger.
सिन्धुलीमा भाइरल ज्वरो प्रकोप


सिन्धुली २२ भदौं । झण्डै एक महिनादेखी सिन्धुलीमा भाइरल ज्वरोले प्रकोपको रुप लिएको छ । जिल्लामा एक हजारबढी भाइरल ज्वरोका विमारीहरु एकैसाथ अस्पतालमा भर्ना भएका छन् । 
जिल्लाको सिन्धुली अस्पता, निजी अस्पताका साथै ग्रामिण क्षेत्रका स्वास्थ्यसंस्थामा एक हजारबढी भाइरलज्वरोका विमारीहरु उपचारका लागि भर्ना भएको जिल्ला जनस्वस्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । वर्षाका कारण दुसीत पानी खान र चिसोमा बस्न बाध्य भएपछि सिन्धुलीमा भाइरल ज्वरोका विमारीहरु बढेका हुन् । 
जिल्लाका विभिन्न अस्पताल, क्लिनिकमा भाइरल ज्वरोका बिरामी दिनहुँ बढ्दो अवस्थामा रहेको जिल्ला अस्पताल सिन्धुलीका डाक्टर सुमित्रा गौतमको भनाई छ । 
‘भाइरल ज्वरोका विमारी सिन्धुली अस्पताल तथा अन्य अस्पतालहरु एक हजारबढीको संख्यामा उपचार भइरहेको छ । पछिल्लो एक हप्ता यता जिल्लामा दैनिक २ सयदेखी ३ सयसम्म भाइरल ज्वरोको विमारी अस्पताल उपचारका लागि आउने गरेका छन्,’ उनले भनिन् । 
सिन्धुली अस्पतालमा मात्र हिजो आज दैनिक २ सयदेखी ३ सय जनासम्म यस्ता विमारीहरु उपचारका लागि आउँने गरेका छन् ।  
भाइराल ज्वरोको प्रकोपमा प्राय बालबालिका र वृद्धवृद्धा परेका छन् । यस्ता विमारीहरुमा नाकबाट सिंगान बग्ने, खोकि लाग्ने, हाछ्युँ आउने, ज्वरो आउने, खान मन नलाग्ने, शरिर दुख्ने जस्ता भाइरल ज्वरोका लक्षण देखापरेको छ । 
कतिपय विमारीहरुमा टाइफाइड, झालापखाला, आउँ, रुघाखोकी,  निमोनियाँको लक्षण समेत देखा परेको छ । भाइरल ज्वरोबाट बच्न उमालेको शुद्ध पिउने पानी खान, सडेगलेका खानेकुरा नखान र माक्स लगाएर हिड्न डाक्टर गौतमले आम नागरिकलाई आग्रह गरेकी छिन । 


, ,

0 comments

Write Down Your Responses