Powered by Blogger.
देशभरका नगरपालिकामा कमलामाई नगरपालिका तेस्रो



सिन्धुली २२, भदौं । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको न्यनतम शर्त तथा कार्यसम्पादन मुल्यांकन (एमसिपिएम) मा सिन्धुलीको कमलामाई नगरपालिका तेस्रो भएको छ । 
मन्त्रालयले आर्थीक वर्ष २०७२÷०७३ का लागि गरेको मुल्यांकनमा ८७ अंक प्राप्त गर्दै कमलामाई नगरपालिका देशभरका नगरपालिकाहरुमा तेस्रो भएको हो ।
नगरपालिकाको संस्थागत क्षेमता, शहरी विकास, वातावरण तथा फोहोरमैला व्यवस्थापान, आर्थीक व्यवस्थापन, पारदर्शीता, आयोजना कार्यान्वय, शुसाशन लगायतका शुचकहरुमा गरिएको मुल्यांकनका आधारमा नगरपालिका देशैभरबाट तेस्रो भएको नगरपालिकाको सूचना अधिकृत तथा इन्जीनियर विनोदबाबु खकुरालले बताए ।
देश भरका नगरपालिकाहरुमा बुटबल र घोराई प्रथम भएका छन् भने धनकुटा र हटौंडा दोस्रो भएका छन् । तेस्रो स्थानमा भने कमलामाई नगरपालिका मात्र भएको खकुरालको भनाई छ । न्यनतम शर्त तथा कार्यसम्पादन मुल्यांकनमा १० वटा सूचकको न्यूनतम शर्त अनिवार्य पास हुनु पर्ने र ४० वटा कार्यसम्पादन मुल्यांकनमा उतिर्ण हुनु पर्ने व्यवस्था छ । जस अन्तरगत सबै शूचकहरुमा प्राप्त गरेको नतिजाको आधारमा कमलामाई तेस्रो भएको बताइएको छ । 
सिन्धुली जिल्लाको दोस्रो नगरपालिका दुधौली भने मुल्यांकन भएपनि नयाँ नगरपालिका भएका कारण नतिजा सार्वजनीक गरिएको छैन् । यस्तै सिन्धुली जिल्ला भने चौथो समुहमा परेको बताइएको छ ।




0 comments

Write Down Your Responses