Powered by Blogger.
सिन्धुलीगढी विजय किल्ला र गढी दरबार पुनर्निर्माणमा सामुहीक संकल्प



नेपाली सेनाले लियो एक्सन, गढी क्षेत्रलाई नेपालमै एकमात्र वार टुरीजम क्षेत्र बनाइने
राजन गाउँले
गढीदरबार (सिन्धुली) २३, भदौं । सिन्धुलीगढी किल्ला नेपाली विर गोरखालीहरुको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, बंशराज पाण्डे र बंशु गुरुङले विसं १८२४ कात्तिक २४ गतेका दिन साम्राज्यबादी व्रिटिस अंग्रेज फौजलाइ परास्त गर्दै नेपालको सार्भभौम र अखण्डता जोगाएको ऐतिहासिक स्थल हो । नेपाली विर गोरखालीहरुले साम्राज्यवादी वृटिस सेनाहरुलाई परास्त गराएको पनि २ सय ५० वर्ष भइसकेको छ । यस्तो ऐतिहासिक स्थल संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेपछि सिन्धुलीगढीको संरक्षण र पुनर्निर्माणका लागि नेपाली सेनाले एक्सन लिन थालेको छ । 
सिन्धुलीमा रहेको श्री नम्बर ९ बाहिनी अड्डाले ऐतिहासिक स्थलको संरक्षण र पुनर्निर्माणका लागि एक्सन लिन थालेपछि जिल्ला स्थित राजनीतिक दल, सरोकारवाला  निकाय, सञ्चारकर्मीले सिन्धुलीगढी विजय किल्ला र गढी दरबार पुनर्निर्माणमा सामुहीक संकल्प गरेका छन् ।
एक साता अघि ऐतिहासिक स्थल गढीदरबार र विजयकिल्ला संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको खबर एपीवान टेलीभिजनबाट प्रशसारण भएपछि नेपाली सेनाले गढी क्षेत्रको विकासका लागि चासो दिएको हो । 
सोही अनुसार श्री नम्बर ९ बाहिनीका बाहिनीपति शुरेस कार्कीले बिहिबार सिन्धुलीगढीमा जिल्ला स्थित राजनीतिक दल, सरकारी  कार्यालयका प्रमुख, स्थानीय तहका जनप्रतिनीधि, सञ्चारकर्मी तथा सुरक्षा निकायका प्रमुखहरुलाई गढी क्षेत्रको विकासका लागि के गर्न सकिन्छ भन्दै प्रतिबद्धताका लागि गढीकिल्लामै लगेर छलफल गरी एक रात गढीमै सुत्नेगरी विशाल कार्यक्रमको आयोजना गरेपछि सिन्धुलीगढी विजय किल्ला र गढी दरबार पुनर्निर्माणमा सामुहीक संकल्प गरिएको हो ।
‘कार्यक्रममा स्थानीय स्तरबाट सहयोग भए नेपाली सेनाले गढीको पुनर्निर्माण र संरक्षणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने जनाइएको छ । स्थानीय निकायले सहयोग गरे गढी दरबार र विजयकिल्लाको निर्माणका लागि हामी तयार छौं,’कार्यक्रममा कार्कीले भने । बाहिनीपति कार्कीको भनाई पछि जिल्लाका राजनीतिक दल तथा सरकारी कार्यालयका प्रमुखहरुका साथै स्थानीय निकायका प्रतिनीधिहरुले पनि प्रतिवद्धता जनाए ।
कार्यक्रममा प्रतिक्रिया दिँदै विश्वसामु परिचित सिन्धुलीगढीको महिमा जोगाउँनका लागि गौतमबुद्ध, पृथ्वीनारायण शाह र वीपी कोइरालालाई सम्झेर सबैले संकल्प गर्ने हो भने असम्भव नरहने पूर्व स्वास्थ्य मन्त्री विपीन कोइरालको दावी छ ।
सेनाले ऐतिहासिक सम्पदाको संरक्षणमा चासो दिएपछि जिल्ला स्थीत राजनीतिक दलले समेत गढी क्षेत्रको विकासका लागि पहल गर्ने जनाए । गढी क्षेत्रको विकासका लागि गढी दरबारको पुनर्निर्माण गर्नु पहिलो सर्त ठान्छन् नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्जवल बराल । पहिलो चरणमा दरबारको पुनर्निर्माण गरेर अन्य पूर्वाधारको विकास गर्नु पर्ने उनको सुझाव छ ।
गढी क्षेत्रको विकासका लागि सरकार, स्थानीय तहका साथै स्थानीय नागरीक पनि सचेत भएर लाग्नु पर्ने आवश्यकता रहेको एमालेका केन्द्रीय सदस्य कमलजंग राईले सुनाए । गढीको विकाससंगै पर्यटकहरुलाई बस्ने र खाने व्यवस्था सहितको होमस्टे निर्माण गरिनु पर्छ । हामी गढी क्षेत्रको विकासका लागि उच्च प्राथमिकताका साथ काम गर्न तयार छौं,’ उनले भने ।मा राजनीतिक दलका नेताहरुको जोड छ ।
नेपाल एकिकरणका ऐतिहासिक किल्ला मध्यको एक सिन्धुलीगढी किल्ला र गढीदरबारको समयमा संरक्षण हुन नसक्दा ऐतिहासिक तथा पुरातात्वीक महत्व समेत हराउँदै जना थालेको माओवादी केन्द्रका अध्यक्ष राजन दाहालको भनाई छ । ‘विश्वसामु नझुकेको इतिहास बोकेको सिन्धुलीगढीको इतिहासलाई सम्मान गर्न नसके वर्तमानमा समेत प्रगती गर्न सकिन्न । आजैबाट हामी सबै एक भएर गढीको विकासका लागि लाग्नु पर्छ,’उनले थपे ।
आन्तरीक तथा बाह्य पर्यटको प्रचुर सम्भावना रहेको सिन्धुलीगढीको संरक्षण र पुनर्निर्माणका लागि सबैमा राष्ट्रियताको भावना जाग्रित गर्न र विश्वसामु विरगोरखालीको देश भनेर चिनाउँनका लागि सिन्धुलीगढीको विकास गर्न आम नेपाली चुकेको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीको भनाई छ ।
गढी क्षेत्रको विकासकालागि भन्दै हालसम्म हरोडौ रुपैयाँ लगानी गरिएपनि त्यो बालुवामा पानी खनाए झै भएको छ । जिल्लाकै महत्वपूर्ण आन्तरीक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न सकिने उक्त स्थललाई धेरैले भजाएर मागी खानेमात्र काम गरेपछि पछिल्लो समय कमलामाई नगरपालिकाले नेपाली सेनासंगको सहकार्यमा गढीको विकासका लागि गुरु योजना बनाए अघि बढ्ने तयारी गरेको कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले जनाए ।
२०२० सालभन्दा अघि सिन्धुलीको सम्पूर्ण प्रशासनीक निकायदेखी अड्डा अदालतपनि त्यहि थिए । त्यस अघि गढी दरबारको रेखदेख र संरक्षण गोरखकाली फौजले गर्दै आएको थियो । तर २०२० सालपछि जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा झरेपछि यस क्षेत्र ओजेलमा पर्दै गएको हो । जसका कारण यस क्षेत्रका भौतिक पुर्वाधारदेखी ऐतिहासिक सम्पदाहरु मासिँदै गएका छन् ।
गढी दरबार क्षेत्रमा भौतिक पूर्वाधारहरुको मर्मत, निर्माण, विद्युत विस्तार लगायतका काम सुरु गरेको नेपाली सेनाले गढीको क्षेत्रफल छुट्याएर घेराबेरा गर्ने, ऐतिहासिक महत्वका सम्पदाको पुनर्निर्माण गर्ने, गढी क्षेत्रमा नेपाली सेनाको टुकडी राख्ने, आन्तरीक तथा बाह्य पर्यटनका लागि होमस्टेहरु निर्माण गर्नुका साथै सिन्धुलीगढी क्षेत्रलाई वार टुरीजम क्षेत्रको रुपमा विकास गर्न संग्राहलय स्थापना गर्ने काम थालेको छ । यसका लागि कमलामाई नगरपालिकाले सहयोग गर्ने बताइएको छ ।
गढी क्षेत्रको समग्र विकासका लागि सर्वदलिय रुपमा संकल्प गरेपछि सिन्धुलीगढी विजयकिल्लामा राष्ट्रिय झण्डा समेत पहराइएको छ । साम्राज्यबादी व्रिटीसहरुसंग हार व्यहोर्नु परेको भए आज नेपाल रहन्थ्यो या रहन्नथ्यो भन्ने प्रश्न खडाभएको अवस्थामा विर गोरखाली नेपालीले विजय हाँसिल गरेको ऐतिहासिक किल्लाको बृहत्तर विकासका लागि जोड दिनु आवश्यक छ । 



,

0 comments

Write Down Your Responses