Powered by Blogger.
मृतकका आफन्तलाई नगद सहयोग प्रदान


सिन्धुली २३, भाद्र । बैदेशिक रोजगारीको सिलसिलामा मलेसीया पुगेका सिन्धुलीका युवाहरुले गत साउन २८ गते गएको पहिरोका कारण मृत्यू हुने कमलामाई नगरपालिका–६ गैरीबजारका मृतकका आफ्न्तलाई राहत स्वरुप नगद रकम सहयोग गरेका छन् ।
मलेसीयामा रहेका २२ जना युवाहरुले पठाएको ८१ हजार ४ सय ८६ रुपैयाँ रकम रेडियो बिजयकिल्ला ९३ मेगाहर्जको संयोजनमा एक कार्यक्रम गरी प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की मार्फत मृतकका आफन्त उदयबहादुर खड्कालाई शुक्रबार हस्तान्तरण गरिएको हो ।
गत श्रावण अन्तिम सात परेको अबिरल वर्षाका कारण सिन्धुली कमलामाई नगरपालिका–६ गैरीबजारमा गएको पहिरोले एकै घरमा दुर्गा कुमारी खड्का (२७ वर्ष) ,शोभा खड्का ( १५ वर्ष), अनिस खड्का वर्ष ( १० बर्ष) र मनिष खड्का (वर्ष ८) का को मृत्यू भएको थियो । 


0 comments

Write Down Your Responses