Powered by Blogger.
गुण्डालाई तहलगाउँन सिन्धुली प्रहरीद्धारा ‘डन सेल’ स्थापना


सिन्धुली २३, भदौं । गुण्डा गर्दी गर्ने डनहरुलाई तहलगाउँन सिन्धुली प्रहरीले कर्यालय भित्रै ‘डन सेल’को स्थापना गरेको छ । 
हालैमात्र सरुवाभई सिन्धुली आएका प्रहरी उपरिक्षक टिकाबहादुर केसीले गुण्डागर्दी र दादागिरी गर्नेहरुलाई तह लगाउँन जिल्ला प्रहरी कार्यालयमा सहायक प्रहरी निरीक्षकको नेतृत्वमा ‘डन सेल’ स्थापना गरिएको  बताएका हुन् ।
शुक्रबार सिन्धुलीमाढीमा प्रहरीले आयोजना गरेको नागरीक सुनुवाईमा प्रहरी उपरिक्षक केसीले भने, ‘समाजमा दादागिरी देखाउँदै गुण्डागर्दी गर्ने डनहरुलाई तह लगाउन सिन्धुली प्रहरी कार्यालयमा ‘डन सेल’को स्थापना गरिएको छ ।’
गुण्डागर्दीका नाममा समाजमा शान्ती सुरक्षा खलल गर्नेहरुलाई पक्राउ गरी डन सेलले आवश्यक अनुसन्धान गरी कारबाही गर्ने उनको भनाई छ ।
‘यसका लागि प्रहरीले आवश्यक तयारी गरेको छ । जिल्लामा ससाना झुण्डमा रहेको गुण्डादेखी राष्ट्रिय रपमा अपराध गर्दै आएका डनहरुको वर्गीकरण गरी उनिहरुलाई नियन्त्रणमा लिने र कारबाही गरिने छ,’ उनले भने ।
नेपालीहरुको चाडवाड नजीकिदै जाँदा जिल्लामा अपराधिक घट्नाहरु बढ्दै गएपछि यस्ता कृयाकलापलाई न्यूनिकरण गर्नका लागि पनि विशेष योजना बनाएर डन सेल सञ्चालन गरी गुण्डाहरुमाथी अप्रेसन सुरु गर्ने उनको भनाई छ । पछिल्लो समय मादक पदार्थ तथा दुव्र्यसनीको प्रयोग गरी युवा युवतीबाट अमर्यादीत गतिविधिहरु हुनेक्रम बढेपछि प्रहरीले गुण्डाहरुलाई लक्षित गरी डन सेल स्थापना गर्न लागेको हो । 
प्रहरीका अनुसार पछिल्लो तिन वर्ष यता जिल्लामा अपराधिक घट्नाहरु बढ्दै गएका छन् । प्रहरी उपरिक्षक केसीका अनुसार गत आर्थीक वर्ष २०७१÷०७२ मा २ सय १० वटा अपराधिक घट्ना भएकोमा आर्थीक वर्ष २०७२÷०७३ मा बढेर २ सय २९ वटा पुगेको छ । अझ पछिल्लो आर्थीक वर्ष २०७३÷०७४मा यस्तो घट्नाक्रम २९ प्रतिशतले बढ्दै २ सय ८१ पुगेको छ ।
गुण्डाबाट जिल्लामा कुनैपनि घट्ना घटे प्रहरीले थाहा पाएको १० मिनेट भित्र घट्ना स्थल पुग्ने गरी प्रहरीको विशेष टोली परिचालन गरिएको उनको भनाई छ । जिल्लामा पछिल्लो समय मधिरा तथा दुव्र्यसनीका कारण महिला तथा बालबालिकाहरु माथी जघन्य अपराधहरु हुन थालेपछि विशेष निगरानी थालेको प्रहरीको दावी छ ।
यस्तै सडक सुरक्षा तथा चाडवाडका बेला हुने चोरी डकैतीका घट्नाहरुलाई नियन्त्रण गर्न चाडवाड विशेष सुरक्षा योजना बनाइएको केसीको भनाई छ । 
मुस्कान सहितको प्रहरी सेवा दिँदै आएको प्रहरीले जिल्लामा सुधार आफैबाट गरौं भन्ने योजनालाई अघि सारेको छ । ‘प्रहरीले आफैबाट आँचरण सुधार गर्दै नागरीकसंगको सम्बन्धलाई सुमधुर बनाउँन सके नागरीक र प्रहरी विचको शान्ति सुरक्षालाई राम्रो बनाउँन सकिने छ । यसका लागि प्रहरीले सुधार आफैबाट गरौं भन्ने कार्यक्रम लिएर नागरीकसम्म आउँदै छौं,’ डिएस्पी विनोद शर्माले भने ।
जिल्लामा घरेलु मधिरा उत्पादन, वेचविखन, लागुपदार्थको ओसार पसार र प्रयोगलाई कमी ल्याउन ४० वुँदे विशेष योजनाका साथ काम थालीएको शर्माको भनाई छ ।
नागरीक सुनुवाईमा जिल्लामा वीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र हेटौडा चतरा सडक निर्माणसंगै सडक दुर्घट्ना बढ्दै गएको नागरीकहरुले गुनासो गरेपछि वीपी राजमार्गमा सञ्चालन हुने सवारी साधनलाई लक्षित गर्दै टाइम कार्ड, गती मापन, तौल क्षेमता मापन तथा रातको समयमा सवारी साधनलाई आवगमनमा रोक लगाईने बताइएको छ ।
सहभागिहरुले जिल्लामा लागुपदार्थ दुव्र्यसनिबाट यौनजन्य कृयाकलाप समेत खुलेआम गर्दै आएको भन्दै त्यस्ता कृयाकलाप बन्द गर्न प्रहरी संग माग गरेका छन् । 
राजनीतिक दलहरुले चाडवाडका समयमा हुने दुर्घट्ना, अपराधिक गतीविधिहरु नियन्त्रणका लागि प्रहरी सक्रिय हुनु पर्ने धारणा राखेका थिए । 
उता प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले सबै प्रकारका चुनौती समाना गर्न तयार रहेको बताए । उनले सबै तहका सुरक्षा निकायलाई कडा सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिए ।


,

0 comments

Write Down Your Responses