Powered by Blogger.
सिन्धुलीगढीको २५० औं विजयोत्सव भव्य बनाउने तयारी


सिन्धुली ९, कात्तिक । सिन्धुलीगढी बिजयकिल्ला नेपाली विर गोरखालीहरुको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, बंशराज पाण्डे र बंशु गुरुङले विसं १८२४ कात्तिक २४ गतेका दिन साम्राज्यबादी व्रिटिस अंग्रेज फौजलाई परास्त गर्दै नेपालको सार्भभौम र अखण्डता जोगाएको ऐतिहासिक स्थल हो । 
नेपाली विर गोरखालीहरुले साम्राज्यवादी वृटिस सेनाहरुलाई परास्त गराएको आगामी कात्तिक २४ गते २ सय ५० वर्ष पुग्दै छ । यस्तो अवसरमा जिल्लामा पहिलो पटक २५० औं विजयोत्सलाई ऐतिहासिक भव्य बनाउँने तयारी गरिएको छ । 
कमलामाई नगरपालिकाको आयोजनामा विजयोत्सवलाई भव्य रुपमा मनाउन थालिएको हो । कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जिल्लामा पहिलो पटक एक हप्तासम्म विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै जियोत्सव मनाउने तयारी गरिएको जानकारी दिए । 
विजयोत्सवबारे पत्रकारहरुलाई जानकारी दिँदै खत्रिले आगामी १२ गतेबाट २४ गतेसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरिने जनाए । गढी क्षेत्रको सरसफाई प्रचार प्रसारका साथै प्रभातफेरी देखी सांस्कृती कार्यक्रसम्म आयोजना गरिने छ,’ उनले भने । 
नगरपालिकाले गढी क्षेत्रको संरक्षण र सम्बद्र्धनका लागि समेत २ करोड रुपैयाँ विनीयोजन गरेर काम थालेको छ ।
नगरपालिका संगै सिन्धुलीमा रहेको श्री नम्बर ९ बाहिनी अड्डाले ऐतिहासिक स्थलको संरक्षण र पुनर्निर्माणका लागि एक्सन लिन थालेको छ । जिल्ला स्थित राजनीतिक दल, सरोकारवाला  निकाय, सञ्चारकर्मीले सिन्धुलीगढी विजयकिल्ला र गढी दरबार पुनर्निर्माणमा सामुहीक संकल्प समेत गरिसकेका छन् ।
विश्वसामु परिचित सिन्धुलीगढीको महिमा जोगाउँनका लागि गौतमबुद्ध, पृथ्वीनारायण शाह र वीपी कोइरालालाई सम्झेर सबैले संकल्प गर्ने हो भने गढी दरबारको विकासका लागि समस्या नहुने पूर्व स्वास्थ्य मन्त्री विपीन कोइरालको दावी छ ।
२०२० सालभन्दा अघि सिन्धुलीको सम्पूर्ण प्रशासनीक निकायदेखी अड्डा अदालतपनि त्यहि थिए । त्यस अघि गढी दरबारको रेखदेख र संरक्षण गोरखकाली फौजले गर्दै आएको थियो । तर २०२० सालपछि जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा झरेपछि यस क्षेत्र ओझेलमा पर्दै गएको हो । जसका कारण यस क्षेत्रका भौतिक पुर्वाधारदेखी ऐतिहासिक सम्पदाहरु मासिँदै गएका छन् ।
गढी दरबार क्षेत्रमा भौतिक पूर्वाधारहरुको मर्मत, निर्माण, विद्युत विस्तार लगायतका काम सुरु गरेको नेपाली सेनाले गढीको क्षेत्रफल छुट्याएर घेराबेरा गर्ने, ऐतिहासिक महत्वका सम्पदाको पुनर्निर्माण गर्ने, गढी क्षेत्रमा नेपाली सेनाको टुकडी राख्ने, आन्तरीक तथा बाह्य पर्यटनका लागि होमस्टेहरु निर्माण गर्नुका साथै सिन्धुलीगढी क्षेत्रलाई वार टुरीजम क्षेत्रको रुपमा विकास गर्न संग्राहलय स्थापना गर्ने काम थालेको छ । यसका लागि कमलामाई नगरपालिकाले सहयोग गर्ने बताइएको छ ।
गढी क्षेत्रको समग्र विकासका लागि सर्वदलिय रुपमा संकल्प गरेपछि सिन्धुलीगढी विजयकिल्लामा राष्ट्रिय झण्डा समेत फहराइएको छ । साम्राज्यबादी व्रिटीसहरुसंग हार व्यहोर्नु परेको भए आज नेपाल रहन्थ्यो या रहन्नथ्यो भन्ने प्रश्न खडाभएको अवस्थामा विर गोरखाली नेपालीले विजय हाँसिल गरेको ऐतिहासिक किल्लाको बृहत्तर विकासका लागि जोड दिनु आवश्यक छ । 


,

0 comments

Write Down Your Responses