Powered by Blogger.
बोलेरो दुर्घटनामा १ दर्जन बढी घाईते

सिन्धुली, १८ असोज । वीपी राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली चियाबारीमा बुधबार भएको बोलेरो दुर्घटनामा परी १ दर्जन बढी यात्रीहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
जिल्लाको ग्रामीण क्षेत्र घ्याङलेक गाउँपालिका–१ अमलेबाट खचाखच यात्री लिएर सिन्धुलीमाढी तर्फ आउँदै गरेको बा ७ च ६३७ नम्बरको डबलक्याप बोलेरो दुर्घटनामा परेको हो । 
दुर्घटनामा परि १५ जना यात्री घाईते भएको र त्यसमध्ये ५ जनाको गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाईते मध्ये घ्याङलेक–२ बस्तीपुरकी ३० वर्षिय निरुता घिसिङ, १० वर्षिय अनोज भोलन र १६ वर्षिय रोशन वाईवालाई थप उपचारका लागी काठमाण्डौं पठाईसकिएको र थप २ जना घ्याङलेक–२ बस्तीपुरकी ४५ वर्षिय मन्दिरा वाईवा र  सोहि गाउँपालिका वडा नं.१ अमलेका ३० वर्षिय अनिल वाईवालाई थप उपचारका लागी बाहिर पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक टिका बहादुर केसीले जानकारी दिए । 
दुर्घटनामा परी सामान्य घाईते भएका सोहि गाउँपालिका स्थायी ठेगाना भएका ४० वर्षिय आईसा लामा, ५४ वर्षिय धन कुमार वाईवा, २५ वर्षिय राधिका लामा, १९ वर्षिय मन्जु वाईवा लगायतको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 
गाडिले क्षमता भन्दा बढी यात्री बोकेको र घुम्तीमा स्पीडका कारण पल्टीएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । चालक र गाडिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान समेत सुरु गरिसकिएको प्रहरीको भनाई छ । 





,

0 comments

Write Down Your Responses