Powered by Blogger.
छठ पर्वमा सूर्यलाई किन अर्घ दिइन्छ ?

सिन्धुली ९, कात्तिक । उदाउँदो सूर्यलाई अर्घ दिने रीति धेरै व्रत र पर्वहरुमा छ । तर अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा केबल छठ पर्वमा मात्र छ । यद्यपि वैदिक विधि विधानमा बिहान, मध्याह्न र साँझ तीन पटक सूर्यको पूजा गर्ने परम्परा छ ।

छठ पर्वको दिन कात्तिक शुक्ल पक्षको षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । सूर्यलाई अर्घ किन दिइन्छ ? आउनुहोस् यसबारे जानौं ।

नेपाली परम्परा र सँस्कृतिका जानकार डा. बासुदेवकृष्ण शास्त्री भन्छन्, ‘हाम्रो वैदिक परम्परा अनुसार सूर्य नै चराचर जगतको आत्मा हो । त्यसैले सूर्यलाई पूजा गर्ने, आराधना गरेमा सुख शान्ति समृद्धि मिल्छ । आधुनिक विज्ञानको कुरा गर्ने हो भने सूर्यको बिहान र साँझको किरणमा भिटामिन डी हुन्छ जुन शरीरलाई अति अत्यावश्यक छ । यसबाट छाला सम्वन्धी रोग पनि लाग्दैन ।’

शास्त्रमा उल्लेख भएअनुसार साँझको समयमा सूर्य आफ्नो पत्नी छायाँको साथमा रहन्छन् । त्यसैले सूर्य र छायाँ दुबैलाई अर्घ दिँदा तुरुन्त लाभ मिल्ने धार्मिक विश्वास छ ।

बिहान, मध्यान्ह र साँझमा क्रमशः सूर्यको ब्रम्हा, विष्णु र रौद्र रुप हुन्छ । बिहानको समयमा सूर्यको आराधना गर्दा स्वास्थ्य राम्रो हुने र दिउँसोको समयमा सूर्यको आराधना गर्दा यश बढ्ने विश्वास गरिन्छ । यसैगरी साँझको समयमा सूर्यको आराधना गर्दा जीवन सम्पन्न हुने बताइन्छ । यसकारण सूर्यको द्वादश रश्मी (१२ वटा किरण)को पूजा गरिएको हो ।

जसले अस्ताउन लागेको सूर्यको उपासना गर्दछ उसले उदाउँदो सूर्यको पनि उपासना गर्नैपर्ने जानकारहरु बताउँछन् ।

ज्योतिषीहरुको भनाइमा विश्वास गर्ने हो भने सूर्यलाई अर्घ दिँदा मानव जीवनमा आइपर्ने हरेक खालका समस्या समाधान हुने शक्ति रहन्छ ।

डा. शास्त्रीका अनुसार छठ पर्वमा मात्र होइन हरेक दिन बिहान, मध्याह्न र सन्ध्यामा सूर्यको उपासना गर्दा शुभ हुन्छ ।


,

0 comments

Write Down Your Responses