Powered by Blogger.
सिन्धुलीमा वाम गठबन्धनका वागी उमेदवारद्धारा मनोनयन फिर्ता

सिन्धुली १९, कात्तिक । वाम गठबन्धनलाई नै चुनौती दिँदै आफ्नै पार्टीबाट वागी उमेदवारी दिएका नेताहरुले सिन्धुलीमा आफ्नो मनोनयन फिर्ता लिएका छन् । 
वाम गठबन्धनका हरिवोल गजुरेलका विरुद्ध स्वतन्त्र उमेदवारी लिएका माओवादी केन्द्रका रामकुमार पौडेल र नेकपा एमालेका गणेश पहाडीका विरुद्ध स्वतन्त्र उमेदवारी दिएका एमालेका कुमारबहादुर कार्कीले आइतबार पत्रकार सम्मेलन मार्फत आफ्नो उमेदवारी फिर्ता लिएका हुन् ।
पौडेलले २ नम्बर प्रतिनीधि सभाका लागि पार्टी तथा गठबन्धनबाट उमेदवार बनेका हरिबोल गजुरेलका विरुद्ध प्रतिनीधी सभाकै लागि उमेदवारी दर्ता गराएका थिए  भने कार्कीले पनि आफ्नै पार्टीका उमेदवार पहाडी विरुद्ध १ नम्बर प्रतिनीधि सभाका लागि स्वतन्त्र उमेदवारी दिएका थिए । 
दुबै पार्टीले खुल्ला र समानुपातिकका लागि जिल्लाबाट उमेदवार सिफारीस गर्दा पौडेललाई दुई नम्बर प्रदेश सभा (ख) र कार्कीलाई एक नम्बर प्रदेश सभा (क) बाट सिफारीस गरिएको थियो । 
तर, गठबन्धनबाट उमेदवारी दर्ता गर्ने अघिल्लो रात एका एक आफुहरुलाई हटाएर अन्य व्यक्तिलाई टिकट दिएको भन्दै पार्टीभित्र असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र उमेदवारी दिएका थिए । पार्टी र उमेदवारहरु विचको छलफलबाट पौडेल र कार्की दुबै आफ्नो उमेदवारी फिर्ता गर्न राजि भएको प्रतिक्रिय दिएका छन् । त्यस्तै प्रदेशसभामा बामगठबन्धन उमेदवार राजन दाहाल र बुद्धिमान माझीका विरुद्ध उमेदवारी दिएका माओवादी केन्द्रका जिल्ला नेता दिल बहादुर बिक र ज्ञान बहादुर राईले पनि आफ्नो उमेदवारी फिर्ता लिएका छन । 

उमेदवारी फिर्ता लिनेहरुको आ–आफ्नै दाबी 

उमेदवारी फिर्ता लिन पत्रकार सम्मेलन गरेका कुमार बहादुर कार्कीले प्रेश विज्ञप्ती मार्फत नै आफुले पार्टी निर्णय अनुसार नै उमेदवारी दिएको र फिर्ता पनि पार्टी निर्णय अनुसार नै गरेको उल्लेख गरेका छन । उनको विज्ञप्तीमा भनिएको छ, ‘पार्टीको आधिकारीक उमेदवारको उमेदवारी रद्ध हुन गएमा क्षेत्र खालि नहोस र बाम मतदाताहरुको मतदान गर्ने ठाउँ रहोस भन्ने उदेश्यले पार्टीको निर्णय अनुसारनै मैले उमेदवारी दिएको स्पस्ट पार्न चाहान्छु ।’ उनले आफ्नो सम्पूर्ण गतिविधि पार्टी निर्णयमा नै भएको भन्दै उमेदवारी फिर्ता लिएका छन । निर्वाचनमा गठबन्धका उमेदवारहरुलाई जिताउन मैदानमै क्रियाशिल हुने उनको प्रतिबद्धता समेत थियो । 
त्यस्तै माओवादी केन्द्रको तर्फबाट बागि उमेदवारी दिएका पक्षले पत्रकार सम्मेलन गरी आफुहरुले पार्टीलाई रुपान्तरण गर्नका लागी उमेदवारी दिएको र निर्वाचन मार्फत देशलाई अगाडि लैजान बाम शक्तिहरु बीच एकता भएकाले आफ्ना विचार र लडाईलाई थाति राख्दै उमेदवारी फिर्ता लिएको दावि गरेका छन । पत्रकार सम्मेलनमा बोल्दै नेता डम्बर कार्कीले उमेदवारी फिर्ता लिएर एकपक्षिय युद्धविराम गरिएको बताए । 
चुनाबमा बाम गठबन्धनका उमेदवारहरुलाई बिजयी गराउन आफुहरु एकजुट भएर प्रचार प्रसारमा लाग्ने समेत उनिहरुले प्रतिबद्धता व्यक्त गरेका छन । 



, ,

0 comments

Write Down Your Responses