Powered by Blogger.
सिन्धुलीमा स्वारोजगार कोषको झण्डै ५ करोड लगानी


सिन्धुली, १७ असोज । युवा तथा साना ब्यवसायी स्वरोजगार कोषले गरिब तथा विपन्न् वर्गका युवाहरुलाई स्वरोजगार बनाउन सिन्धुलीमा झण्डै ५ करोड रकम लगानी गरेको छ । 
जिल्लाका विभिन्न् ११ वटा सहकारी मार्फत कुल ४ करोड ९५ लाख रकम युवा तथा साना व्यवसाय पर्बद्धन गरी स्वरोजगार बनाउनका लागी लगानी गरेको कोषको जिल्ला संयोजन तथा अनुगमन समिति सिन्धुलीका सदस्य सचिब देव बहादुर वुढाथोकीले जानकारी दिए । 
उक्त रकमको उपयोग गरी जिल्लामा हाल २ सय १६ जना युवाहरु स्वरोजगार बनेको जनाइएको छ । सहकारी मार्फत ऋण लिएर युवाहरु आफ्नै गाउँघरमा पशुपालन, कृषि र सेवामुलक ब्यापार व्यवसाय गरी स्वरोजगार बनेका हुन ।  
मंगलबार कोषका कार्यकारी निर्देशक विष्णु प्रसाद गौतमको उपस्थितीमा भएको अन्र्तरक्रिया कार्यक्रममा स्वरोजगारकोषले जिल्लामा सञ्चालन गरेको कार्यक्रमका क्रममा देखिएका समस्या र संभावनाहरुको बारेमा छलफल गरिएको थियो । 
छलफलमा सहभागीहरुले स्वरोजगारकोषको ऋण अझै प्रभावकारी बन्न नसकेको गुनासो व्यक्त गरेका थिए । लक्षित समुदायसम्म पुग्न नसकेको, केहि प्राविधिक र कानुनी समस्याहरु रहेको भन्दै सरल हिसाबले लक्षित समुदायसम्म ऋण प्रवाह हुने नितिगत व्यवस्था गर्न र ऋण रकम थप गर्न समेत कार्यकारी निर्देशकसँग आग्रह गरेका छन । 




, ,

0 comments

Write Down Your Responses