Powered by Blogger.
अध्यक्ष देवकोटा राष्ट्रिय पुरस्कारबाट सम्मानित


सिन्धुली, २० कात्तिक । रेडियो बिजयकिल्ला ९३.० मेगाहर्जका अध्यक्ष नरेश देवकोटा सम्मानित भएका छन ।
सिन्धुलीमाढीमा सञ्चालित कृषि उपज बजार सञ्चालक समितिको अध्यक्ष समेत रहेका देवकोटा ३७ औं विश्व खाद्य दिवसको अवसरमा राष्ट्रिय स्तरमा कृषि उपज बजारमा कारोबार गर्ने उत्कृष्ट व्यवसायी तर्फ प्रथम पुरस्कारबाट सम्मानित भएका हुन ।
कृषि विकास मन्त्रालय कृषि विभागले सोमबार एक समारोहको आयोजना गरी देशभरीका कृषी उपज बजारमा उत्कृष्ट कारोबार गर्ने व्यवसायीहरुलाई सम्मान गरेको हो ।
खाद्य सुरक्षा र ग्रामीण विकासमा लगानी बढाऔं, भावि बसाई सराई व्यवस्थित गराऔं भन्ने मुल नाराका साथ ३७ औं विश्व खाद्य दिवस देशभर विविध कार्यक्रम गरी मनाईएको छ ।


0 comments

Write Down Your Responses