Powered by Blogger.
को हुन हरिबोल गजुरेल ?



सिन्धुली, २० कात्तिक । हरिबोल गजुरेल वि.सं.२०११ मा सिन्धुलीमाढी च्याउँकोटमा मध्यमवर्गीय किसान परीवारमा आमा लालमायाँ र बुवा लीलानाथका छैटौं सन्तानका रुपमा जन्मिएका हुन । गजुरेलको बाल्यकाल दलित समुदायको अन्तरघुलनमा वित्यो । यसबाट उत्पीडित वर्ग प्रति गहिरो सदभाव पैदा भयो र उनीहरु प्रति सेवाभाव जागृत गरायो । यो पृष्ठभुमीका कारण उनी युवा अवस्थामा महात्मा गान्धीको विचारबाट प्रभावित हुन पुगे । संयोगवश प्रिन्स क्रोप्टोकिनको पुस्तक अ फ्यू वल्र्डस टु युथ को अध्यनपछि उनलाई उत्पीडितहरुको बास्तविक सेवा गर्नका लागी समाजवाद बाहेक कुनै विकल्प छैन भन्ने बोध भयो । समाजवादी लक्ष्य हासील गर्न उनी २०३२ सालमा कम्युनिष्ट आन्दोलनमा सहभागी हुन पुगे । 
गजुरेलले २०३३ सालमा औपचारीक रुपमा मोहनविक्रम सिंहले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरे । त्यतिवेलै देखी उनी पार्टीमा पूर्णकालिन बनेर लागे । २०३४ सालमा पार्टीको सिन्धुली जिल्ला सचिवालय सदस्य र २०४२ सालमा केन्द्रिय सदस्य भएका गजुरेल २०४७ सालमा मोहन विक्रम सिंहको जडसुत्रिय संशोधनवाद विरुद्ध क.बावुराम भट्टराई सहितको विद्रोहको नेतृत्व गरी प्रचण्ड नेतृत्वको एकताकेन्द्रमा एकताबद्ध भए । 
उनले २०५२ साल फाल्गुण १ गते जनयुद्ध सुरु गर्दा पुर्वी क्षेत्रको सिन्धुलीगढी चौकी माथिको फौजी कार्वाहीको नेतृत्व गरे । २०६२ साल माघमा भोजपुरको घोडेटार सैन्य क्याम्प माथिको आक्रमणमा फिल्ड कमीसार र २०६२ चैत्रमा सर्लाहीको सदरमुकाम मलङ्गवा कार्वाहीको योजना निर्माणमा नेतृत्वदायी भुमीका निर्वाह गरे । गजुरेलले २०३५, २०४५, २०४६ र २०५५ सालमा गरी जम्मा दुई वर्ष चार महिना नेपाल र भारतका विभिन्न हिरासतमा र जेलमा बन्दी जीवन विताएका थिए । 
२०६२÷०६३ सालको जनआन्दोलन पछिको शान्ति सम्झौता पछि सार्वजनिक भएका गजुरेलले पुर्वी कोचीला राज्य इन्चार्ज र मधेश व्युरो इन्चार्जको भुमिका कुशलता पुर्वक निर्वाह गरेका थिए । 
प्रचण्ड नेतृत्वको सरकारमा उच्च स्तरिय भुमीसुधार आयोगको अध्यक्षको भुमीका समेत निर्वाह गरीसकेको गजुरेल पार्टीको केन्द्रिय कोषाध्यक्षको जिम्मेवारीमा क्रियाशिल रहेका छन भने २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा सिन्धुली निर्वाचन क्षेत्र नं.३ बाट विजयी भएका थिए । 
मध्यम वर्गिय परीवारमा जन्मीएर पनि कम्युनिष्ट आन्दोलनमा होमिएका गजुरेल पार्टी भित्र असाध्यै रणनैतिक नेताका रुपमा स्थापित छन । बाह्य भन्दा पनि आन्तरिक पार्टी सुदृढीकरणमा महत्वपूर्ण भुमीका निर्वाह गर्न सक्ने क्षमता भएका गजुरेलले एकीकृत माओवादी भित्र संगठक नेताको रुपमा परीचय बनाएका छन । पार्टी भित्रको दुईलाइन संघर्षमा प्रचण्डपक्षका बलियो नेताको रुपमा रहेका गजुरेल प्रचण्डका नजिकका सल्लाहकारको रुपमा पनि स्थापित छन । 
गजुरेल केपी शर्मा ओली नेतृत्वको सरकारमा कृषि मन्त्रीको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन । कृषि मन्त्री हुँदा उनले किसान पेन्सनको कार्यक्रम ल्याएर कृषकहरुको हितको लागी महत्वपूर्ण कामको थालनी गरेका थिए भने कृषिमा आधुनिकीकरण र व्यवसायीकरणका लागी निक्कै महत्वपूर्ण निर्णहरु लिएका थिए । 
सिन्धुलीबाट निर्वाचन जितेर मन्त्री बनेका गजुरेलले सिन्धुलीको विकासको लागी अभिभावककै रुपमा भुमिका निर्वाह गरेका छन । जुनार जोन कार्यक्रम, मरिण क्षेत्रमा कृषि क्याम्पसको स्थापना, सडक, शिक्षा, विद्युत लगायतको विकासमा महत्वपूर्ण योगदान गरेका गजुरेल जनताको बीचमा विकासप्रेमी नेताको रुपमा समेत स्थापित छन । 
हाल उनी सिन्धुली प्रदेश नं.२ बाट चुनाबी मैदानमा उत्रिएका छन । बामगठबन्धका साझा उमेदवार गजुरेल र नेपाली काग्रेसका उमेदवार नरेन्द्रजग थापा बीच चुनाबी प्रतिसप्रर्धा हुँदैछ । कुल ८९ हजार ४ सय २८ मतदाता रहेको संघीयसभामा स्थानीय तहमा प्राप्त मत अनुसार बाम गठबन्धनको ३५ हजार १ सय ९५ मत रहेको छ भने नेपाली काग्रेसको १६ हजार २ सय २१ मत रहेको छ । 


,

0 comments

Write Down Your Responses