Powered by Blogger.
पुरस्कार राशि सामाजिक कार्यमा प्रदान


सिन्धुली, २२ कात्तिक । रेडियो बिजयकिल्ला ९३.० मेगाहर्जका अध्यक्ष नरेश देवकोटाले आफुले सम्मान स्वरुप प्राप्त गरेको पुरस्कार राशि सामाजिक कार्यका लागी हस्तान्तरण गरेका छन ।
सिन्धुलीमाढीमा सञ्चालित कृषि उपज बजार सञ्चालक समितिको अध्यक्ष समेत रहेका देवकोटा ३७ औं विश्व खाद्य दिवसको अवसरमा राष्ट्रिय स्तरमा कृषि उपज बजारमा कारोबार गर्ने उत्कृष्ट व्यवसायी तर्फ प्रथम पुरस्कारबाट सोमबार कृषि विकास मन्त्रालय कृषि विभागबाट सम्मानित भएका थिए ।
सम्मान स्वरुप प्राप्त १० हजार पुरस्कार राशि र भक्ता बापत प्राप्त ५ हजर ८ सय रकम गरी जम्मा १५ हजार ८ सय रुपैयाँ सिन्धुली वाङमय प्रतिष्ठानलाई प्रदान गरेका हुन ।
सिन्धुली वाङमय प्रतिष्ठानले महाकवि लक्ष्मी प्रसाद देवकोटाको स्मृतिमा सिन्धुलीमाढीमा निर्माण गर्न लागेको श्रष्टा आवास गृह निर्माणमा उक्त रकम प्रयोग गर्ने प्रतिष्ठानका अध्यक्ष साहित्यकार सम्भु कुमार ढकाल(अन्जुल)ले बताए । देवकोटाको सहयोगले आफ्नो अभियानमा उत्साह थपिदिएको भन्दै उनले धन्यवाद समेत व्यक्त गरे । अध्यक्ष देवकोटाले आफुले पुरस्कार तथा भक्ताबापत पाएको रकम विभिन्न् सामाजिक कार्यको निम्ती प्रदान गर्दै आएका छन ।


,

0 comments

Write Down Your Responses