Powered by Blogger.
सिन्धुलीका ६ वटै सिटमा वाम गठबन्धन विजयी, कांग्रेस निल

पहाडी र गजुरेल दोस्रो पटक जनताबाट अनुमोदीत (परिचय सहित)
राजन गाउँले
सिन्धुली २५, मंसिर । गत मंसिर २१ गते सम्पन्न दोस्रो चरणको प्रतीनिधि र प्रदेश सभाको निर्वाचनबाट सिन्धुली जिल्लाका ६ वटै सिटमा वाम गठबन्धनका साझा उमेदवार विजयी भएका छन् । 
सिन्धुलीको प्रतनीधि सभा १ बाट वाम गठबन्धनका तर्फबाट एमालेका गणेशकुमार पाहाडी  र प्रतीनिधि सभा २ मा माओवादी केन्द्रका हरिबोलप्रसाद गजुरेल भारीमतले विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनायो ।
पहाडीले नेपाली कांग्रेसका प्रेमचन्द्र दाहाललाई पछि पार्दै ३२ हजार ५ सय २९ मतका साथ विजयी भएका हुन् भने उनका निकट्तम प्रतिद्धन्द्धी दाहालले २२ हजार ३ सय ८९ मत मात्र प्राप्त गर्न सफल भएको मुख्य निर्वाचन अधिकृत पुण्यश्वरप्रसाद उपाध्ययाले जानकारी दिए । 
उता प्रतीनिधी सभा २ मा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा पूर्व मन्त्री हरिबोलप्रसाद गजुरेल ३० हजार १ सय ७९ मतका साथ विजयी भएका छन् । ‘उनले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नरेन्द्रजंग थापालाई १२ हजार ५२ मतअन्तरले पराजित गरेका हुन् । थापाको १८ हजार १ सय २७ मत रहेको छ,’ उनले भने । 
पूर्व कृषि मन्त्री तथा संविधान सभाका संसद तथा सभासद गजुरेल र पहाडी जिल्लामा दोस्रो पटक जनताबाट अनुमोदीत भएका हुन् । दोस्रो संविधान सभाको निर्वाचनमा क्षेत्र नम्बर १ बाट एमालेबाट निर्वाचीत पहाडी र क्षेत्र नम्बर तिनबाट माओवादी केन्द्रबाट निर्वाचित गजुरेल संघिय निर्वाचनमा पुनः मतदाताबाट भारी मत अन्तरले दोस्रो पटक अनुमोदीत भएका हुन् ।
निर्वाचनमा पराजीत केपाली कांग्रेसका दाहाल नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि तथा कानुन व्यावसायी हुन् भने थापा पूर्व जिल्ला विकास समिति सभापति हुन् । 
कुल १ लाख ८१ हजार ५ सय १८ मतदाता रहेको जिल्लामा १ लाख १५ हजार २ सय ९२ मत खसेको थियो । 
उता चारवटा प्रदेश सभा रहेको सिन्धुली जिल्लामा सबै सिट वाम गठबन्धनकै उमेदवारले जित हात पारेका छन् । 
प्रदेश सभा सभा १ अन्तरगत (क) बाट वाम गठबन्धनबाट माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखनाथ दाहाल (राजन) बिजयी भएका छन् । दाहालले १६५२४ मत ल्याई विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कंग्रेस का गंगा गिरीले ११००९मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकिरितको कार्यालयले जनाए । प्रदेश सभा (ख)बाट पनि वाम गठबन्धनका तर्फबाट एमालेका प्रदिपकुमार कटवाल विजयी भएका छन् । कटवाल १६ हजार ६ सय १२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका श्याम घिमिरेलाई ११ हजार ९ सय ५५ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत पुण्यश्वर प्रसाद उपाध्यायले जानकारी दिए । कटवाल नेकपा एमाले सिन्धुलीका जिल्ला अध्यक्ष हुन भने घिमिरे नेपाली कांग्रेसका  केन्द्रीय सदस्य हुन् । 
उता प्रदेश सभा २ को (क)मा पनि वाम गठबन्धनबाट एमालेका विनोदकुमार खड्का विजयी भएका छन् । खड्काले १७ हजार ३ सय ६६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका मनिक ढकालले ९ हजार ८ सय ५८ मत मात्र प्राप्त गरेका थिए । 
यस्तै प्रदेश सभा २ को (ख) बाट वाम गठबन्धनकै तर्फबाट माओवादी केन्द्रकै बुद्धिमान माझी (वसन्त) विजयी भएका छन् ।  । माझीले १३७४९ मत प्राप्त गर्नु भएको छ । उहाँको निकटतम प्रती द्वन्दी नेपाली कंग्रेस का क्षेत्र बम्जनले ८५२३मत पाएका छन् ।
जिल्लाका ६ वटै सिटमा वाम गठबन्धनका उमेदवारले जितेपछि सोमबार सिन्धुलीमाढीमा भव्य विजयी जुलुस प्रदर्शन गरीएको छ । नाचगान सहित नेता कार्यकर्ताहरुको जुलुसले बजार परिक्रमा गरेको थियो ।
जिल्लामा नेपाली कांग्रेसले सबै सिटमा पराजय भोग्नु परेको छ । २०५४ साल पछि २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा तिन मध्य एक सिट जितेको कांग्रेसले यस पटकको निर्वाचनमा भनै प्रतिनीधि र प्रदेश सभाको सबै सिटमा हार व्यहोरेको हो । आफु विजयी भएपछि गजुरेल र पहाडी दबैले सिन्धुलीको समग्र विकासका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने प्रतिक्रिया दिएका छन् ।
विकास निर्माणका साथै मतदाताको समस्याहरुलाई सहज रुपमा संबोधन गर्नुका साथै दुबै पार्टीलाई एकिकरण गर्नुका सार्थै शान्ति र संविधान कार्यान्वयनका लागि आफ्नो भुमिका कमजोर नहुँने शुभचिन्तकहरुलाई बताएका छन् । 
को हुन् गजुरेल र पहाडी ः 
हरिबोल गजुरेल ः 
 सिन्धुलीको प्रतिनिधिसभा क्षेत्र नं २ मा १२ हजारको मतान्तरले प्रतीनिधि सभा सदस्यमा निर्वाचित भएका माओवादी केन्द्रका हरिबोल गजुरेलको वि.सं.२०११ मा सिन्धुलीमाढी च्याउँकोटमा मध्यमवर्गीय किसान परीवारमा आमा लालमायाँ र बुवा लीलानाथका छैटौं सन्तानका रुपमा जन्म भएको हो ।  कमला मावि कमलामाई नगरपालिका–४, ढुंग्रेबास सिन्धुलीबाट एसएलसी गरेका गजुरेलले आइकम महेन्द्र रत्न क्याम्पस र बिकम शंकरदेव क्याम्पस काठमाडौंबाट गरेका छन् । गजुरेलको बाल्यकाल दलित समुदायको अन्तरघुलनमा बित्यो । 
त्यहि संगतले उत्पीडित वर्ग प्रति गहिरो सदभाव पैदा गरायो र उनीहरु प्रति सेवाभाव जागृत गरायो । यहि पृष्ठभुमीका कारण उनी युवा अवस्थामा महात्मा गान्धीको विचारबाट प्रभावित हुन पुगे । संयोगवश प्रिन्स क्रोप्टोकिनको पुस्तक अ फ्यू वल्र्डस टु युथ को अध्यनपछि उनलाई उत्पीडितहरुको बास्तविक सेवा गर्नका लागी समाजवाद बाहेक कुनै विकल्प छैन भन्ने बोध भयो । समाजवादी लक्ष्य हासील गर्न उनी २०३२ सालमा कम्युनिष्ट आन्दोलनमा सहभागी हुन पुगे । 
गजुरेलले २०३३ सालमा औपचारीक रुपमा मोहनविक्रम सिंहले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरे । त्यतिबेलै देखी उनी पार्टीमा पूर्णकालिन बनेर लागे । २०३४ सालमा पार्टीको सिन्धुली जिल्ला सचिवालय सदस्य र २०४२ सालमा केन्द्रिय सदस्य भएका गजुरेल २०४७ सालमा मोहन विक्रम सिंहको जडसुत्रिय संशोधनवाद विरुद्ध क.बावुराम भट्टराई सहितको बिद्रोहको नेतृत्व गरी प्रचण्ड नेतृत्वको एकताकेन्द्रमा एकताबद्ध भए । 
२०५२ साल फाल्गुण १ गते जनयुद्ध सुरु गर्दा पुर्वी क्षेत्रको सिन्धुलीगढी चौकी माथिको फौजी कार्वाहीको नेतृत्व गरेका गजुरेलले २०६२ साल माघमा भोजपुरको घोडेटार सैन्य क्याम्प माथिको आक्रमणमा फिल्ड कमीसार र २०६२ चैत्रमा सर्लाहीको सदरमुकाम मलङ्गवा कार्वाहीको योजना निर्माणमा नेतृत्वदायी भुमीका निर्वाह गेका गजुरेलले २०३५, २०४५, २०४६ र २०५५ सालमा गरी जम्मा दुई वर्ष चार महिना नेपाल र भारतका विभिन्न हिरासतमा र जेलमा बन्दी जीवन बिताएका छन । २०६२र०६३ सालको जनआन्दोलन पछिको शान्ति सम्झौता पछि सार्वजनिक भएका गजुरेलले पुर्वी कोचीला राज्य इन्चार्ज र मधेश व्युरो इन्चार्जको भुमिका कुशलता पुर्वक निर्वाह गरिसकेका छन । 
प्रचण्ड नेतृत्वको सरकारमा उच्च स्तरिय भुमीसुधार आयोगको अध्यक्षको भुमीका समेत निर्वाह गरीसकेको गजुरेल पार्टीको केन्द्रिय सचिवालय सदस्यको रुपमा क्रियाशिल छन । २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा सिन्धुली निर्वाचन क्षेत्र नं.३ बाट विजयी भएका उनी ९ महिना कृषि मन्त्री समेत बनेका गजुरेल पनि सिन्धुली जिल्लाका नागरीकबाट दोस्रो पटक अनुमोदीत हुँदै ३० हजार १ सय ७९ मत ल्याएर प्रतिद्धन्दीलाई १२ हजार मतले पछाडि पार्दै प्रतिनीधि सभाको सदस्यमा विजयी भएका छन् । 
         
गणेशकुमार पहाडी ः        
सिन्धुली प्रतीनिधि सभा १ बाट निर्वाचीत वाम गठबन्धनका साझ उमेदवार (एमाले) गणेश कुमार पहाडीले ३२ हजार ५ सय २९ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्धोन्द्धी नेपाली काँग्रेसका उमेदवार प्रेमचन्द्र दहाललाई पछि पार्दै जनताबाट दोस्रो पटक अनुमोदीत हुँदै सिन्धुली जिल्लाबाट प्रतीधि सभामा प्रतिनीधित्व गर्ने पहाडीको जन्म २०२७ साल असार ९ गते सिन्धुलीको फिक्कल गाउँपालिका –४, खाङसाङमा बुबा तुलसीराम पहाडी र आमा लक्ष्मी पहाडीको कोखबाट भएको हो ।
२०३९ सालमा अनेरास्ववियू पाँचौमा आवद्ध हुँदै राजनीति सुरु गरेका पहाडीले २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर १ बाट १० हजार ९ सय १ मतका साथ विजयी भएका थिए । 
पहाडीले समाजशास्त्रमा स्नातकोत्तर गरेका पहाडीले सुनकोशी मावि फिक्कलमा प्राथमिक तह, पद्मोदय मावि काठमाडौंबाट एसएलसी, पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरमा सिभिल इन्जिनियरिङ र मिनभवन क्याम्पसबाट बिकम गरेका छन् । पाटन संयुक्त क्याम्पस ललितपुरबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका पहाडी हाल नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य रहेका छन् ।


, ,

0 comments

Write Down Your Responses