Powered by Blogger.
सिन्धुलीमा अत्याधिक चिसो, चिसोका कारण एक बृद्धाको मृत्यू



राजन गाउँले
सिन्धुली २३, पुष । केही दिन देखि बढेको अत्याधिक चिसोका कारण आइतबार सिन्धुलीमा एक वृद्धको मृत्यु भएको छ । चिसोको कारण सिन्धुलीको कमलामाई नगरपालिका १० दोभानकी ८१ वर्षीया बृद्धा बुधमायाँ खत्रीको मृत्यु भएको हो ।
स्थानीय शिक्षक सन्तोष गिरीका अनुसार अत्याधिक चिसोमा कठ्याङ्ग्रीएर खत्रीको मृत्यु भएको हो ।  विशेष गरी सिन्धुली सदरमुकाम र भित्री मधेशको भुभागमा पर्ने कमलाखोज र मरिण क्षेत्रमा अत्याधिक चिसो बढेको छ । चिसोका कारण जिल्लाको सदरमुकाम तथा महाभारत क्षेत्रको जनजिवन प्रभावित भएको छ ।
अत्याधिक चिसो बढेका कारण भुकम्पको पुनर्निमाण थालेका पिडितहरु विशेष गरी प्रभावित भएका छन् । पुनर्निर्माणमा खटिएका कामदारहरु चिसोमा कठ्याङ्ग्रीएर काम गर्न बाध्य भएका छन् । महाभारत क्षेत्रको उच्च स्थानमा रहेका बस्तिहरुमा घाँस दाउरा तथा खेतबारीको काम गर्न समेत समस्या भएको जलकन्या चपौलीका इन्द्रबहादुर विकले बताए ।
कमलाखोंच तथा मरिण क्षेत्रमा बिहान ११ बजेसम्म बाक्लो हुस्सु लाग्ने र महाभारत क्षेत्रमा चौविसै घण्टा चिसो तथा तुरासो पर्ने गरेको छ ।
चिसोको कारण बृद्ध बृद्धा तथा बालाबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेको छ । उनिहरुमा रुखा खोकी, ज्वोरो, निमुनीया जस्ता समस्या देखिन थालेको बताइएको छ । आइतबार सिन्धुलीमा यस वर्षकै सबभन्दा बढी चिसो भएको स्थानीयहरु बताउँछन् ।
आइतबार मात्र जिल्लामा ९ डिग्रीमा तपक्रम झरेको छ । जिल्लामा अझै तापक्रम घट्ने अनुमान गरिएको छ । चिसोका कारण विद्यालयको पढाई समेत प्रभावित भएको शिक्षक सन्तोष गीरीले बताए । उनले भने, ‘दिन दिनै अत्याधिक चिसो बढेका कारण बालबालिकाहरु विद्यालय पढ्न आउन समेत छाडेका छन् ।’
चिसोले बालबालिकाहरुमा समस्या भएपनि विद्यालयहरु बन्द भने भएका छैनन् । २०७२ सालको भुकम्पले क्षेती पु¥याएका विद्यालयहरुमा अस्थायी टहरा निर्माण गरी पठनपाठन गरिँदै आएका विद्यालयका बालबालिकाहरु चिसोका कारण सबै भन्दाबढी प्रभावित भएका छन् । भुकम्प गएको ३२ महिनाबढी हुादा समेत समयमा विद्यालयको भवन पुनर्निर्माण हुन नसक्दा चिसोबाट प्रभावित भएका हुन् ।
अत्याधिक चिसो बढेपछि विद्यालयहरु चिसो कम नभएसम्मका कालागि बन्द गरिनु पर्ने अभिभावकहरुको माग छ ।
उता भुकम्पका कारण आवस गुमाएकाहरु यसपालिको हिउँदको चिसोमा समेत अस्थायी टहरामा बस्न बाध्य भएका छन् । जिल्लाको मरिण, सुनकोसी, घ्याङलेक, हरिहरपुरगढी गोलन्जोर, फिक्कल गाउँपालिका तथा कमलामाई नगरपालिकाका ३० हजारबढी घरधुरी भुकम्प पछि अस्थायी टहरामा गुजरा चलाउँदै आएका छन् । केहीले निजी आवास पुनर्निर्माण थालेका भएपनि पुरा गर्न नसक्दा अस्थायी टहरोमै चिसोसंग सामाना गरेर बस्न बाध्य भएको गुनासो गरेका छन् ।
‘घर निर्माण गर्न सकिएको छैन् । अत्याधिक चिसोमा जस्ताको टहरामा बस्नु पर्दा निक्कै मुस्किल भएको छ । चिसोबाट बालबालिकालाई जोगाउँनै मुस्किल हुन थालेको छ,’कमलामाई नगरपालिका ११ रानिचुरीका शेरबहादुर कार्कीले गुनासो गरे ।




,

0 comments

Write Down Your Responses