Powered by Blogger.
सामाजिक परिचालकहरुद्धारा सरकारलाई ध्यानाकर्षण

सिन्धुली, ३ माघ । स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम(LGCDP) मा कार्यरत सामाजिक परिचालकहरुले आफुहरुलाई जागिरबाट अबकाश दिने सरकारी निर्णय बदरको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्यव समिति मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन । 
२०६६ सालदेखी सञ्चालित सामुदायीक विकास कार्यक्रममा न्यून पारिश्रमिकमा सामाजिक परिचालकको रुपमा स्थानीय तहमा रहेर जनताको सेवामा सर्मपित रहेका सामाजिक परिचालकहरुलाई सेरबहादुर देउवा नेतृत्वको सरकारको राज्यमन्त्री स्तरको २०७४ पौष १३ गतेको निर्णयले पदमुक्त गर्ने निर्णय गरेको थियो । 
सरकारको उक्त निर्णयपछि देशभरका सामाजिक परिचालकहरु आन्दोलनमा उत्रिएका हुन । सामाजिक परिचालक हकहित संरक्षण केन्द्र नेपालको षौष २५ गते बुटवलमा सम्पनन् राष्ट्रिय भेलाको निर्णय अनुसार स्थानीय प्रशासन र जिल्ला समन्यव समिति मार्फत सरकारलाई ध्यानाकर्षणका पत्र बुझाइएको सामाजिक परिचालक हकहित संरक्षण केन्द्र सिन्धुलीका अध्यक्ष राजु उप्रेतिले बताए । 
ध्यानाकर्षण पत्र मार्फत उनीहरुले सामाजिक परिचालकहरुलाई स्थानीय तहमा रुपान्तरण गरी सेवालाई निरन्तरता दिन र सामाजिक परिचालकहरुलाई यातायात, उपचार तथा दुर्घटना बिमा लगायतका सुविधाहरु व्यवस्था गर्न सरकारसँग माग गरेका छन । 


,

0 comments

Write Down Your Responses