Powered by Blogger.
मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यू


अबरुद्ध राजमार्ग खुल्यो 
सिन्धुली, २४ पौष । मध्यपहाडी लोकमार्ग स्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ मुर्किवेशीमा आइतबार साझ मोटरसाइकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
गोलन्जोर गाउँपालिका–३ का ४० वर्षिय रामकुमार रम्तेललाई बा ७९ प ७६७१ नं. मोटरसाइकलले ठक्कर दिदा उनको घटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । 
मोटरसाइकल चालक रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं.७ बसन्तपुरका केशव सुनुवार र सोही मोटरसाइकलमा पछाडि सवार सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटका नविन माझीलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । घटना पश्चात स्थानीयहरुले चालकलाई नियन्त्रणमा लिनुपर्ने र पिडितलाई उचित क्षतिपूर्ती दिनुपर्ने मागगर्दै आईतबार साझबाट नै मध्यपहाडी लोकमार्ग बन्द गरेका थिए । 
बिहान प्रहरीले अभियुक्तहरुलाई नियन्त्रणमा लिएपछि मध्यपहाडी लोकमार्ग खुलेको छ भने लासलाई पोष्टमार्टमका लागी सिन्धुली जिल्ला अस्पताल ल्याइएको जनाइएको छ । आइतबार नै जिल्लाका विभिन्न् ठाउँमा गरी चार वटा मोटरसाईकल दुर्घटना भएका थिए । दुर्घटनामा ४ जना घाईते भएका छन भने १ जनाको मृत्यू भएको प्रहरीले जनाएको छ । 


,

0 comments

Write Down Your Responses