Powered by Blogger.
वीपी राजमार्गमा अत्याधिक दुर्घटना


प्रहरीद्धारा चालक र सहचालकलाई सचेतना गराउँदै
राजन गाउँले
सिन्धुली ५, माघ । वीपी राजमार्गमा दैनिक दुर्घटनाको संख्या बढेपछि ट्राफिक प्रहरीले सचेताना कार्यक्रम गर्न थालेको छ । राजमार्ग अन्तरगत सिन्धुलीको भिमान देखी खुर्कोटसम्मको खण्डमा अत्याधिक दुर्घटना हुन थालेपछि जिल्ला ट्राफिक प्रहरीले यातायातका चालक र सहचालक तथा यात्रुहरुलाई सचेतना दिन थालेको हो । 
शुक्रबारबाट सिन्धुलीमाढीमा औपचारीक कार्यक्रमको आयोजना गर्दै जिल्ला  ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा वीपी राजमार्ग हुँदै राजधानी भित्रने र तराई हुँदै पुर्वी नाकासम्म पुग्ने ठुला तथा साना सवारी साधनका चालक, सहचालक र यात्रुहरुलाई ट्राफिक प्रहरी जनचेतना कार्यक्रमको आयोजना गरीएको हो ।
शुक्रबार बिहानबाट विभिन्न चरणमा गरी सयौं गाडीका चालक, सहचालक र यात्रुहरुलाई ट्राफिक नियम र सडक दुर्घटना कम गर्ने बारे सचेतना फैलाईएको सिन्धुलीका निमिक्त प्रमुख तथा डिएसपी विनोद शर्माले जानकारी दिए । 
सिन्धुली जिल्ला अन्तरगत रहेको वीपी राजमार्गमा सञ्चालन हुने भाडाका सवारी साधनका कारण दैनिक दुर्घटना बढ्दै गएको छ । खास गरेर पुर्वबाट सञ्चालन हुने हायस र साना बोलेरोको चालकको लापरबाहीका कारण जिल्ला भित्र धेरै दुर्घटना भएका हुन् । यसलाई कम गर्न र ट्राफिक नियमको पालना नगर्नेहरुमाथी कारबाहीका लागि पहिलो चरणमा सचेतना थालीएको हो ।
सिन्धुलीको भिमान देखी खुर्कोटसम्मको झण्डै ७५ किलोमिटर सडक साँघुरो र घुमउरो भएका कारण हायस र साना गाडीको पेलाईले पैदाल यात्री, मोटरसाइकलमा सवार र साना गाडीहरु दुर्घटना हुने गरेको छ । 
जिल्ला भित्र दैनिक ३० वटासम्म ठुला साना दुर्घटना हुन थालेपछि बाध्य भएर ट्राफिकले नियम पालनामा कडाई गर्न थालेको हो । नियमको उलंघन गर्ने चालकहरुलाई कारबाही गर्ने, ५ हजार १ सय जरिवाना तिराउने र लाइसन्स र बिलबुक यातायात व्यवस्था विभागमा पठाउने गरी कारबाही थालिने डिएसपी शर्माले बताए । 
चालकको सानो लापरबाहीका कारण अनाहकमा सर्वसाधरणले ज्यान गुमाउनु परेको भन्दै आजकै दिनबाट नियमको पालना नगरी अत्याधिक गतीमा सवारी चलाउने, अर्को साइड पेलेर चलाउने, यात्रुहरुमाथी दुव्र्यबहार गर्नेहरुमाथी कडा कारबाही गर्न शर्माले मातहतका ट्राफिक प्रहरीलाई निर्देशन समेत दिए । 
उता चालकहरुले नियमको उलंघन गर्दै गए वीपी राजमार्गमा यातायात व्यवस्था विभागसंगको समन्वयमा हायसहरुलाई सञ्चालनमै रोक लगाउन समेत बाध्य हुने प्रहरीको भनाई छ । 
विपी राजमार्गमा १६ सिटभन्दाबढीका सवारी साधनहरु, १० टन क्षेमताबढीका भारबहन सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको भएपनि त्यस्ता सवारी साधनहरु निर्वाध रुपमा सञ्चालन भइरहँदा दुर्घटना बढाएको गुनासो छ । 


,

0 comments

Write Down Your Responses