Powered by Blogger.
शिक्षक संगठनको जिल्ला अधिवेशन उदघाटन(फाेटाेफिचर सहित)


सिन्धुली, १३ माघ । नेकपा(माओवादी केन्द्र) निकट शिक्षकहरुको संगठन अखिल नेपाल शिक्षक संगठन सिन्धुलीको पाँचौ जिल्ला अधिवेशन सनिबारबाट सिन्धुलीमाढीमा सुरु भएको छ । 
समाजवादी शिक्षा निती, सबृद्ध नेपालको आधार । शैक्षिक उन्नती, पेशागत हकहित र शिक्षक एकता पाँचौं जिल्ला सम्मेलनको कार्यभार भन्ने मुल नाराका साथ सिन्धुलीमाढीमा सुरु भएको जिल्ला सम्मेलनको उदघाटन संगठनका केन्द्रिय अध्यक्ष भोला प्रसाद सापकोटाले गरेका हुन ।
सम्मेलनको उदघाटन सत्रमा प्रमुख अतिथीको रुपमा बोल्दै अध्यक्ष सापकोटाले नेपालको शिक्षा निती बैज्ञानिक हुन नसक्दा व्यवसायीक जनशक्ति उत्पादन गर्न नसकिएको बताउँदै आगामि दिनमा सरकारले प्राविधिक शिक्षामा लगानी गरेर दक्ष तथा रोगजारमुलक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए । उनले अस्थायी शिक्षक, बालविकास तर्फ कार्यरत शिक्षक र विद्यालय कर्मचारीहरुका समस्याहरुलाई पनि बामगठबन्धनको नेतृत्वमा बन्ने सरकारले समाधान गर्नेमा जोड दिए ।
अध्यक्ष सापकोटाले आउँदो दिनमा शिक्षालाई व्यस्थित गर्न केन्द्रिय स्तरमा अधिकार सम्पनन् राष्ट्रिय शिक्षा आयोगको निर्माण गरेर जानुपर्ने समेत धारणा व्यक्त गरे । देशमा बढीरहेको शैक्षिक असमानताको अनत्य गर्न राजनैतिक दलहरुले निशुल्क शिक्षाको नारा घोषणापत्रमा होइन व्यवाहारमा देखाउनुपर्ने सापकोटाले बताए । अब जनप्रतिनिधी, शिक्षक र कर्मचारीहरुले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन सुरु गरेर सरकारी विद्यालय सुधारको अभियान सुरु गर्नुपर्ने समेत बताए ।
संगठनका जिल्ला अध्यक्ष नबराज थिङको अध्यक्षतामा भएको उदघाटन सत्रमा नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज बिषमलाल अधिकारी दनुवार, जिल्ला संयोजक तथा प्रदेश सासंद राजन दाहाल, प्रदेश सासद बिनोद खड्का, जिल्ला शिक्षा अधिकारी केदार कुमार गीरी, नेकपा(एमाले)का जिल्ला उपाध्यक्ष प्रलाद पोखरेल, कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष पुरुषोतम पहाडी, शिक्षक संघका कृष्ण ढुंगेल, हिस्टान सिन्धुलीका अध्यक्ष सन्तोष बोहोरा लगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सम्मेलनको अवसरमा संगठनमा आबद्ध सेवा निबृत्त शिक्षकहरुलाई दोसल्ला ओढाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने स्थानीय तह तथा प्रदेश र प्रतिनिधीसभा निर्वाचनमा बिजयी जनप्रतिनीधीहरुलाई समेत सम्मान गरिएको थियो ।
सनिबार बेलुका देखीनै सम्मेलनको बन्दसत्र सुरु हुने जनाइएको छ । बन्दसत्रमा जिल्लाका नौ वटै स्थानीय तहका ६ सयभन्दा बढी शिक्षक प्रतिनिधीहरु सहभागी हुने जनाइएको छ । सम्मेलनबाट १ सय ५१ जिल्ला परिषद, ३९ सदस्यीय जिल्ला कार्यसमिति र ११ सदस्यीय पदाधिकारी चयन हुने जनाइएको छ । 
सम्मेलनमा नेतृत्व चयन सहमतिकै आधारमा गर्ने प्रयत्न भईरहेको भएपनि आकांक्षीहरुको संख्या धेरै देखिएकोले निर्वाचन पनि हुन सक्ने आयोजकले बताएको छ । ११ सदस्यीय पदाधिकारीका लागी २ दर्जन बढी शिक्षकहरु आकाक्षी रहेको बुझिएको छ ।


, ,

0 comments

Write Down Your Responses