Powered by Blogger.
नेपाली सेना आन्तरीक–बाह्य चुनौतिलाई सामना गर्न तयार छ - प्रधानसेनापति क्षेत्री


सिन्धुली १८, माघ । नेपाली सेनाका प्रधान सेनापति महारथी राजेन्द्र क्षेत्रीले नेपाली सेना आफ्नो कर्तव्य पथमा अडीक रहेर जस्तो सुकै परिस्थीती आएपनि पछि नहट्ने बताएका छन् । 
नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्धारा बिहिबार सिन्धुलीमाढीमा आयोजित भुपु सैनिक सम्मेलन तथा स्वास्थ्य सिविरको उद्घाटन गर्दै प्रधानसेनापति क्षेत्रीले यस्तो बताएका हुन् । 
उनले भने, ‘राष्ट्रिय हित विरुद्ध  उत्पन्न हुन सक्ने आन्तरीक तथा बाह्य सुरक्षा चुनौती सामाना गर्ने सिलसिलामा नेपालको संविधान र नेपाल सरकारद्धारा दिइने सबै जिम्मेवारहरु पुरा गर्न नेपाली सेनाले कुनै कसुर बाँकी नराख्ने भन्दै त्यसका विरुद्ध जस्तो सुकै परिस्थिती आएपनि पछि हट्दैन् ।’
परिवर्तीत राज्य व्यवस्थालाई आत्मसाथ गर्दै प्राप्त जिम्मेवारी बहन गर्ने क्रममा नेपाली सेनाले विशिष्ट पहिचान बनाउँन सफल भएको भन्दै क्षेत्रीले आन्तरीक तथा बाह्य चुनौतीलाई सामना गर्न नेपाली सेनाले कर्तव्य पालना गर्नेमा जोड दिए ।
‘संयुक्त राष्ट्र संघको आह्वानमा विश्वका द्धन्द्ध ग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको योगदानको अन्तराष्ट्रिय क्षेत्रमा उच्च प्रशंसा भएको छ । विश्व शान्तीका लागि नेपाली सेनाले खेलेको भुमिकाले नेपालको परराष्ट्र निति कार्यान्वयनका लागि ठोस योगदान पु¥याएको,’ उनले भने ।
नेपाली सेनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा भरपरर्दो र विश्वास्नीय सुरक्षा निकायको भुमिका निर्वाह गर्दै आएको भन्दै यसलाई चुनौती र अवसरको रुपमा लिँदै आगामी दिनमा पनि नेपाली सेनाको छवीमा कमि आउन नदिने उनको प्रतिबद्धता छ । 
नेपाली सेनाका बाहल र भुपू सबै सैनीकहरु एकै परिवारको सदस्यहरु भएको भन्दै क्षेत्रीले नेपाली सेनाले सिमा सुरक्षा तथा राष्ट्रिय गौरवको आयोजनाहरु निर्माणमा महत्वपूर्ण विकास निर्माणका कामहरु समेत थालेकोले संस्थागत मुल्य र मान्यतालाई कायम राख्न सबैको भुमिका महत्वपूर्ण हुने धारणा राखे । 
कार्यक्रममा नेपाली सेनाले सञ्चालन गरेको कल्याणकारी कोषबाट बाहालवाल र भुतपूर्व सैनीक तथा उनका परिवारहरुमा स्वास्थ्य शिक्षा रोजगार र स्वारोजगार बन्न सहयोग पु¥याएको बताए ।
कल्याणकारी कोषबाट हालसम्म १४ हजार ६ सयबढीले सुविधा लिएको र त्यसबाट थप आम्दानीका विभिन्न व्यवसायहरु सञ्चालन गर्दै आएको बताइएको छ । 
२०७० सालमा प्रधानसेनापतिको नेतृत्वमा स्थापनाल भएको कल्याणकारी बोर्डबाट ३ अर्ब ४२ करोड ४० लाख रुपैयाँ लघुवित्त कर्जा प्रदान गरीएको सैनिक कल्याणकारी बोर्डका कार्यकारी अधिकृत तथा भुपुरथी चित्रबहादुर गुरुङले जानकारी दिए । 
२०३२ सालमा स्थापना भएको सैनीक कल्याणकारी कोष स्थापना देखी हालसम्म ४२ अर्ब ३ करोड ३८ लाख रुपैयाँ कोषमा रकम जम्मा भइसकेको बताइएको छ । 
सम्मेलनमा २ हजार ५ सयबढी भुपु सैनीक तथा तथा उनिहरुको परिवारका स्वास्थ्य जाँच गर्नुका साथै पुनस्र्वोरोजगारका लागि विभिन्न व्यवसाय गर्दै आएका भुपु सैनिक तथा उनका आफन्तहरुलाई लघुवित्त कर्जा प्रबाह समेत गरिएको थियो । 
मध्य पृतना हेडक्वाटर सुपारीटार ब्यारेकको सम्योजन तथा चण्डीदलगण सिन्धुलीको व्यवस्थापनमा भएको कार्यक्रममा सिन्धुली, रामेछाप, दोलखा जिल्लाका भुतपूर्व सैनिक तथा उनका आफन्तहरुको सहभागिता रहेको थियो ।


,

0 comments

Write Down Your Responses