Powered by Blogger.
पार्टी र सरकार दुबैमा आलोपालो नेतृत्व हुन्छ - प्रचण्ड



सिन्धुली ३, फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धको सरकार र एमाले माओवार्दी पार्टी एकीकरण पछीको पार्टी दुबैमा आलोपालो नेतृत्व हुने बताएका छन्् । 
िबिहिबार सिन्धुलीको मरिण गाउँपालिका ७ स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय मरिण प्राकृतिक श्रोत व्यवस्थापन कलेजको भवन सिलान्यास तथा कक्षा उद््घाटन सभालाई सम्बोधन गर्दै प्रचण्डले एमालेसंग पार्टी एकिकरण र सरकार गठन गर्दा दुबैको नेतृत्व पालैपालो गर्ने सहमति भएको बताएका हुन्् । 
प्रचण्डले भने, ‘मेरो आफ््नै प्रस्तावमा आजै एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै हुनुहन्छ । केही दिनभित्रै दुबै पार्टीको एकिकरण पनि हुन्छ । सरकार र पार्टीको नेतृत्व हामी दुबैले पालै पालो गर्ने छौं ।’
पार्टी एकिकरण र सरकार गठन संगसंगै गर्नु पर्ने धारणा राख्दै आएका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओली पार्टी एकिकरण अगावै प्रधानमन्त्रीमा नियुक्त हुँदा एकिरकण पछिको पार्टीको नेतृत्व भने ओलीनेनै गर्ने या प्रचण्ड स्वयमले गर्ने भन्नेबारेमा प्रस्ट पारेनन्् । तर, पार्टी एकिकरण भने एक दुई दिन भित्रै सम्पन्न गर्ने जनाए ।
पूर्व सहमति अनुसार बिहिबारनै सरकार र पार्टीको नेतृत्व दुबै अध्यक्ष विच आलोपालो गर्ने लिखित सहमति भएको भन्दै प्रचण्डले ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट भने बिहिबार कुनैपनि मन्त्री सहभागि नहुँने उल्लेख गरे । 
‘आज मेरै प्रस्तावमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनहुने छ । तर, हाम्रो पार्टीबाट सरकारमा सहभागिहुने मन्त्री र नेतृत्वका बारेमा टुङ्गो लागेको छैन्् । आजै सरकारमा जाने निर्णय गरेका छैनौं,’ उनले भने ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले कृषि क्षेत्रको विकास विना आर्थीक क्रान्ती सम्भव नभएको भन्दै वाम गठबन्धनको सरकारले देशका सातै प्रदेशमा कृषि अनुशन्धान विश्वविद्यालयको स्थापना गरी सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाए ।
कृषि क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरु दक्ष भए नेपालमै आवश्यकता अनुसारको कृषि उत्पादनलाई व्यावसायिकरण गर्दै आत्मनिर्भर बन्न सहयोग पुग्ने भन्दै यसका लागि आजै प्रधानमन्त्री बन्ने ओलीसंग कृषि क्षेत्रको विकासका लागि मुख्य योजना बनाएर अघि बढ््न आग्रह गर्ने उनले उल्लेख गरे ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुल पति इश्वरी प्रसाद ढकालले नेपालमा वार्षीक ३६ अर्वको खाद्यान्न, १५ अर्वको तरकारी र १० अर्वको फलफुल अन्य देशबाट आयात गर्नु पर्ने बाध्यता रहेको भन्दै कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न सके बार्षीक ६० अर्व रुपैयाँबढी रकम स्वदेशमै लगाउन सकिने धारणा राखे ।
यसका लागी कृषि विषय लिएर अध्ययन गर्ने विद्यार्थीहरुलाई दक्ष वनाउन अनुशन्धान, खोज मुलक र व्यवहारीक शिक्षा दिनु पर्नेमा जोड दिए ।
शिक्षाविद डाक्टर शुरेशराज शर्माले व्यवसायिक र प्राविधिक शिक्षाले मात्रै नेपालमा कृषि क्षेत्रको माध्यमबाट आर्थीक क्रान्ती ल्याउन सकिने भन्दै सरकारले विश्वविद्यालय खोल्ने मात्र नभएर त्यसमा दक्ष जनशक्ति, आर्थीक व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणमा जोड दिनु पर्ने बताए ।
नेपालकै दोस्रो कृषि तथा वन विज्ञान विश्वविद्यालय सिन्धुलीमा पहिलो पटक बिहिबारबाट ५० जना विद्यार्थीहरुले अध्ययन सुरु गरेका छन्् । 



, ,

0 comments

Write Down Your Responses