Powered by Blogger.
फोनिज सिन्धुलीको दाेश्राे अधिवेशन सम्पनन्

अध्यक्षमा श्रेष्ठ चयन 

नवगठित जिल्ला सिमिति तथा अतिथीहरू फाेटाे शेसनमा ।
संगीता डिम्दोङ
सिन्धुली, १३ फाल्गुण । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) सिन्धुलीको दोश्रो जिल्ला अधिवेशन आइतबार सिन्धुलीमाढीमा सम्पनन् भएको छ । 
फोनिज सिन्धुलीका अध्यक्ष काजिमान थिङको अध्यक्षता तथा फोनिजका केन्द्रिय अध्यक्ष दन्ड गुरुङको प्रमुख आतिथ्यतामा सम्पनन अधिवेशनले नबिन श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । 
नयाँ कार्यसमितिको उपाध्यक्षमा रोहीत कुमार गुरुङ, सचिवमा सुजता लामा, कोषाध्यक्षमा कृन्जला पुलामी र सहसचिवमा कमल सरला सुनवार चयन भएका छन । त्यस्तै सदस्यहरुमा कविता तामाङ, कल्पना भुजेल, संगीता डिम्दोङ र अनिल कुमार दनुवार रहेका छन । 
अभिवेशनले केन्द्रिय र प्रदेश प्रतिनिधी पनि चयन गरेको छ । केन्द्रिय प्रतिनिधीमा काजिमान थिङ्ग, मिमन पुलामी र भावना गुरुङ्गलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधीमा अञ्जु डिम्दोङ्ग, पारखी माईला र बुद्धिबहादुर पाख्रीन रहेका छन ।
दोश्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथी दण्ड गुरुङले पत्रकारीतालाई व्यवस्थित गर्न पत्रकारहरुको दक्षता अभिवृद्धि गर्दै लैजानु पर्ने बताए । पत्रकारले दक्षता, क्षमता र सिप बिकास गर्न सकेमा मात्र बजारमा बिक्न सक्ने बताउँदै आगामी दिनमा फोनिजले विभिन्न् तालिमहरु सञ्चालन गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । 
अधिवेशनलाई जनजाती महासंघ सिन्धुलीका सचिब इन्द्र बहादुर भुजेल, जनजाती महासंघ नगर समन्यव समितिका अध्यक्ष राजकुमार श्रेष्ठ, प्रेस चौतारी सिन्धुलीका सचिब नविनवावु अधिकारी, प्रेस युनियन सिन्धुलीका अनिल भण्डारी र प्रेस सेन्टर सिन्धुलीका अध्यक्ष बुद्धकुमार आछामीले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । 
२०६२ सालमा स्थापना गरिएको फोनिजको जिल्ला शाखाले जिल्लामा जनजाति पत्रकारहरुको सिप तथा क्षमता अभिबृद्धिका लागी विभिन्न् तालिमहरु सञ्चालन गर्दै आईरहेको छ । 
हाल फोनिजमा आबद्ध २१ साधारण सदस्य रहेको र आगामी दिनमा रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण, पत्रकारीता तालिम सञ्चालन, आदिवासी जनजातीको सवालमा बहस पैरवी लगायतका गतिविधि सञ्चालन गरि संगठनलाई अझ विस्तार र विकास गर्दै लैजाने नयाँ कार्यसमितिका सचिब सुजता मोक्तानले बताइन । 




,

0 comments

Write Down Your Responses