Powered by Blogger.
सुनकोसी नदीको बाहव परिवर्तन


४६ वर्षपछि सिन्धुली र रामेछाप विच विवाद

राजन गाउँले
सिन्धुली १९, फागुन । सिन्धुली जिल्ला र रामेछाप जिल्लाको विच सिमाना भएर बग्ने सुनकोसी नदीको बाहव परिवर्तन पछि सिन्धुली र रामेछाप जिल्लाविच विवाद सुरु भएको छ । 
सुनकोसी नदी अन्तरगत सिन्धुलीको जमिन हुँदै बग्दै आएको भन्दै स्थानीय क्रसर व्यवसायीले नदीको बहावलाई रामेछाप जिल्लाको सिमाना तर्फ स्काभेटर लगाएर बाहव परिवर्तन गरेपछि विवाद सुरु भएको हो । 
सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–२ कुशेश्वर साँदीडाँडाको सीमा र रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुम विचमा रहेको सुनकोसी नदीलाई सिन्धुली तर्फबाट सुनकोसी नदीमा क्रसर उद्योग सञ्चालन गर्दै आएका व्यावसायीले रातारात स्काभेटर लगाएर रामेछापपट्टी फर्काई दिएपछि विवाद सुरु भएको खाँडादेवी गाउँपालिका–१ राकाथुम रामेछापका वडा अध्यक्ष विष्णु श्रेष्ठले बताउनु भयो ।
यता सुनकाेशी गाउँपालिका उपाध्यक्ष दिर्वसिग माेक्तानले रामेछापकाे स्थानीय तहले नै सुनकाेशी तिर अाएर ढुंगागिटी वालुवा संकलन गरिरहेकाे अाराेप लगाए । त्यसाे गर्न नपाउने उनले बताए । हाेम पाइप प्रयाेग गर्न उनीहरूले पाउनु नहुने उनकाे भनाइ थियाे । 
उक्त क्षेत्रमा सिन्धुली सिमा किनारामा सुनकोसी गाउँपालिका र रामेछाप सिमाना किनारामा खाँडादेवी गाउँपालिकाले सुनकोसी नदीबाट  गिट्टी, ढुङ्गा, बालुवा निकासी गर्न ठेक्का लगाएको दावी गर्दै आएका छन् । 
सिन्धुलीबाट एकलौटी गिट्टी, ढुङ्गा, बालुवा निकासी गर्न नदीनै अर्कोपट्टी धार परिवर्तन गर्ने काम भएको छ । यस्तो कार्यको स्थानीय र वडा कार्यालयले विरोध गर्दै सिन्धुली र रामेछापका स्थानीय तह र प्रमुख जिल्ला अधिकारीहरुलाई खबर गरिसकेको र तत्काल नदीलाई पहिलाकै ठाउँमा नफर्काए कडा आन्दोलनमा उत्रन बाध्य हुने उहाँले चेतावनी दिए ।
अलिहे नदीको बाहव परिवर्तन गराइएको भनि विवाद भएको स्थानमा २०२८ सालदेखी सुनकोसी नदी बगरिरहेको छ । सोही समयमा समेत नदीको सिमाना विवाद हुँदा भएको नापी नक्सा अनुसार जग्गाको नापी जता भएपनि कोसीले निर्धारण गरेको स्थान नै सीमा हुने सहमती भएको जानकारहरु बताउँछन् । तर, त्यसको झण्डै ४६ वर्षपछि पुनः नदीलेनै निर्धारण गरिआएको धार परिवर्तन गरी क्रसर व्यवसायीहरुले रामेछाप जिल्लाको सिमानामा पु¥याएपछि विवाद बल्जीएको स्थानीय सुकदेव माझीको भनाई छ । 
सिन्धुली जिल्ला अन्तरगत सुनकोसी नदीमा दर्जनौं क्रसर उद्योगहरु सञ्चालन भइरहेका छन् । सरकारले वातावरण प्रभाव मुल्यांकन नगरी सञ्चालन गरेका क्रसरहरु बन्दगर्ने चेतावनी दिइरहेका बेला सिन्धुली र रामेछाप जिल्लामा भने सुनकोसी नदीमै क्रसर उद्योग सञ्चालनबाट मनग्य आम्दानी लिन खोजेपछि विवादले चरम रुप लिने अवस्था सिर्जना भएको जानकारहरु बताउँछन् । व्यवसायीले चार दिनयता राती राती मात्र कोसी फर्काउनको लागि ह्युम पाइप हाल्ने काम गरिरहेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । 
उता सुनकोसी नदीको बाहव परिवर्तन गरिएको विषय सर्वत्र विरोधमा परिणत भएपछि सिन्धुलीका प्रमुख जिल्ला अधिकारीसंग समन्वय भइरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामीछानेले जनाएका छन् । 
दुई जिल्ला विचमा भएको विवादका विषयमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनकाराज दाहालले भने नदीको धार परिवर्तन गर्न कसैले नपाउने भन्दै उक्त विषयलाई गम्भीरताका साथ लिएको र तत्काललै विवाद समाधानका लागि काम गर्ने जनाए । उनले नदी फर्काउनेहरुलाई नियन्त्रणमा लिन निर्देशन समेत दिएको जनाउँदै आफु पनि सोमबार स्थलगत अनुगमनमा जानलागेको बताउनु भयो । 
यस विषयमा बुझ्दा जिल्ला समन्वय समिति सिन्धुलीका सभापति संकरराज बर्माले आफुसंगपनि विवादका विषयमा जानकारी आएको र आफु काठमाण्डौं भएकाले सिन्धुली फर्केपछि समन्वय गरेर मिलाउने प्रतिक्रिया दिए ।


,

0 comments

Write Down Your Responses