Powered by Blogger.
सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको विस्तृत अध्ययन


१३ दशमलव १ किमि सुरुङबाट सुनकोसीको पानी बागमती पुयाइने


खुर्कोट (सिन्धुली) १४, चैत्र । मध्य तराईमा सिँचाई सुविधा पु¥याउने उद्देश्यले सरकारले सुनकोसी–मरिन डाइभर्सनको विस्तृत अध्ययन गरिएको छ । 
सिँचाई मन्त्रालयले सिन्धुलीको खुर्कोट स्थित सुनकोसी नदीको पानी सुरुङ मार्फत मरिन नदी हुँदै बागमती नदीमा मिसाएर मध्य तराइका पाँच जिल्लामा सिँचाई गर्न यस्तो आयोजनाको काम थालेको हो ।
सिँचाई मन्त्रालयको प्रस्तावित उक्त आयोजनाको विस्तृत अध्ययन सम्पन्न गरिएको र यसको अध्ययन कार्य आगामी आठ दश दिनभित्रै सम्पन्न हुने उक्त आयोजनाका प्रमुख निर्देशक मित्र बरालले जानकारी दिए । 
‘आयोजनाका लागि मन्त्रालयले सिँचाई विभाग अन्तरगत सिंचाई, उर्जा, सुरुङसंग सम्बन्धित विज्ञहरुको समिति बनाई विस्तृत अध्ययनको रिपोर्ट अध्ययन गरी काम थालेको छ,’ उनले भने ।
अन्तर जलाधार स्थानान्तरण आयोजनाको रुपमा रहेको उक्त आयोजनाको लागि चालु आर्थीक वर्षमा पाँच करोड रुपैयाँ बजेट सरकारले विनियोजन गरेपछि हालै मात्र यसको औपचारीक रुपमा अध्ययन थालीएको हो । 
सरकारले यस आयोजनालाई महत्वकांक्षी बहुउद्देश्यीय आयोजनाको रुपमा उच्च प्राथमिकतामा राखेर काम थालेको छ । मन्त्रालयले सुनकोसी–मरिन–बागमती आयोजनाको छुट्टै कार्यालय खोलेर काम थालेको बरालको भनाई छ । 
‘आयोजनाको लागि पूर्वसम्भाव्यता अध्ययनले सिन्धुली र रामेछाप जिल्लाको सिमानामा पर्ने खुर्कोटबाट सुनकोसी नदीमा बाँध बनाएर पानी डाइभर्सन गरी १३ दशमलव १ किलोमिटर सुरुङ मार्फत मरिन खोलामा झार्न सकिने देखाएको छ । यसबारे थप अध्ययन भइरहेको छ,’ उनले थपे ।
मरिन नदीबाट ४२ किलोमिटर दुरीमा रहेको बागमती बाँधमा पानी पु¥याई मध्य तराईको धनुषा, महोत्तरी, सर्लाही, बारा र रौतहट जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पु¥याउने लक्ष्य लिइएको छ । हाल बागमति आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिंचाई हुँदै आएको छ । सुनकोसी–मरिन–बागमति डाइभर्सनपछि थप ८० हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने छ ।
यो आयोजना सिन्धुलीको सनुकोसी गाउँपालिका ७ स्थित सुनकोसी र तामाकोसी नदीको संगम स्थलभन्दा ७ सय ५० मिटर तल बाँध बनाएर सुरुङ्गमार्ग हुँदै सिन्धुलीको कमलामाई नगरपालिका १ डाँडी पुल नजीकै मरिण नदीमा पावरहाउस निर्माण गरी पानी झार्ने तयारी गरिएको छ । 
बरालका अनुसार यहाँ सुरुङ्गमार्गबाट सुनकोसीको पानी प्रतिसेकेन्ड ७७ क्युमेक (७७ हजार लिटर) पानी ६६ मिटरमाथिबाट मरिन निदीमा खसालिने र त्यसबाट ४० दशमलव ८ मेगावाट विजुली उत्पादन गर्न सकिने समेत अध्ययनले देखाएको छ ।
सुनकोसी–मरिन डाइभर्सन विभागले ल्याएको अन्तर जलाधार स्थानान्तरण आयोजना माध्यको दोस्रो आयोजना हो । यस अघि अन्तर जलाधार स्थानान्तरण आयोजना अन्तरगत भेरीको पानी १२ किमि लामो सुरुङमार्फत बबई नदीमा खसालेर बिजुली निकाल्ने र सिँचाई सुविधा पु¥याउँने गरी भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणधिन अवस्थामा रहेको छ । 
‘दोस्रो अन्तर जलाधार स्थानान्तरण आयोजनाको रुपमा रहेको सुनकोसी–मरिन–बागमती डाइभर्सन आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेर काम थालेकोले यसले चारदेखी पाँच वर्ष भित्रमै उद्देश्य पुरा गर्ने छ,’ बरालले भने । आयोजना निर्माण सम्पन्न गर्न प्रारम्भीक अध्ययन अनुसार ३३ अर्व रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
यसै विच सुनकोसी–मरिन डाइभर्सनका कारण हालै मात्र जापान सरकारले निर्माण गरिदिएको बर्दीवास–सिन्धुली–बनेपा(वीपी राजमार्ग) अन्तरगत खुर्कोट खाल्टे सडक खण्डको ९ सय मिटर डुवानमा पर्ने छ । नदी डाइभर्सन गर्दा डुवानमा पर्ने ९ सय मिटर सडकलाई समेत बाँधकस्दा डुबान हुने भन्दा माथी आयोजनाले नै निर्माण गर्ने गरी योजना बनाइएको बरालको भनाई छ ।
उता आयोजनाले सुनकोसी–२ जलविद्युत आयोजना अन्तरगत १ सय ४४ मेगावाट विद्युत उत्पादन गर्ने समेत लक्ष्य लिएको छ । सुनकोसी २ योजना सन् १९८५ मै जापानीज विज्ञहरुले अध्ययन गरेका थिए । सुनकोसी २ आयोजना सुनकोसी–मरिन डाइभर्सन बाँध भन्दा केही तलको दुरीमा निर्माण गरिने छ । यसका लागि पनि मन्त्रालयले विस्तृत अध्ययन गरिरहेको छ ।
नोट ः सुनकोसी नदी स्थित सुनकोसी–मरिन डाइभर्सनका लागि बाँध कस्ने स्थान । तस्विर ः राजन गाउँले, सिन्धुली । 






, ,

0 comments

Write Down Your Responses