Powered by Blogger.
गणतन्त्रमा शाही कालको झ-झल्को



प्रशासकीय अधिकृतको ढोकासम्म पुग्न पाउँदैनन सेवाग्राही ! 

सिन्धुली, १८ चैत्र । देशमा संघीय गणतन्त्र आइसक्दा पनि कर्मचारीहरुले भने शाही कालको झल्को दिने गरी व्यबाहार देखाउने गरेका छन । 
कमलामाई नगरपालिका कार्यालय सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीको ब्यवाहारले नगरपालिका कार्यालयमा सेवा लिन गएका सेवाग्राहीहरु हैरान हुने गरेका छन । 
सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउन, कानूनको शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात् गरी सर्वसाधारणले पाउनु पर्ने सेवा छिटो, छरितो तथा कम खर्चिलो ढङ्गबाट पाउने अवस्था सृजना गर्न, सुशासन पाउने नागरिकको अधिकारलाई व्यवहारमा उतारी कार्यान्वयनमा ल्याउन, र प्रशासन संयन्त्रलाई सेवाप्रदायक संयन्त्र तथा सहजकर्ताको रुपमा रुपान्तरण गरी मुलुकमा सुशासनको प्रत्याभूति दिन सरकारले सुशासन ऐन २०६४ को निर्माण गरेको भएपनि त्यसको खिल्ली उडाउँदै रायमाझीले सेवाग्राहीलाई हैरानी दिने गरेको बारम्बार गुनासाहरु आउने गरेका छन । 
मुस्कान सहितको सेवा दिने सरकारी निती भएपनि रायमाझीले सेवाग्राहीलाई आफ्नो कार्यकक्षमा पस्न समेत दिदैनन् । उनलाई भेट्न घण्टौ सम्म ढोकामा कुरेर बस्ने सेवाग्राही अन्तत उनकै ठाडो आदेशमा ढोका बाहिरबाटै फर्कन बाध्य हुन्छन् । 
‘केहीले मात्र भित्र पस्ने अनुमती पाएपनि उनले तत्काल बाहिर जान आदेश दिन्छन् । ज्यु हजुर भन्दै गुनासो राख्न थाले सुरक्षकर्मी बोलाएर गलहत्याउँदै बाहिर निकाल्न लगाउँछन् । के यहि हो लोकतन्त्र । के हजारौं शहिदले बलिदानी दिएर  सिंहदरबारको शासन गाउँमा आएको भनेको यही हो ?,’ काँधमा दुधे बालक लिएर आफ्नो काम गराउँन घण्टौं देखि रायमाझीको ढोकाबाहिर बसेकी एक महिलाले उल्टो प्रश्न गर्दै भनिन् ।
म गाउँको एउटा उपभोक्ता समितिको काम लिएर आएको थिए । चार हप्ताबढी भयो नगरमा आएको । तर, प्रमुख हाकीम’सापले फाइलमा सहि नगरी रोक्नु भएको रहेछ । सो बारेमा बुझ्न फेरी बच्चा बोकेर ढोका बाहिर दुई घण्टाबढी कुर्दा समेत भित्र गएर गुनासो राख्ने मौका दिएनन्,’ उनले थपीन् । ‘
यो त एउटा उदाहरण मात्र हो । कमलामाई नगरपालिका कार्यालयमा सेवा लिन पुगेका कनपा–३ का एक स्थानीयले भने, ‘देशमा गणतन्त्र आइसक्यो, जनता देशका मालिक भन्छन, तर बिडम्बना जनताको करले तलब खाने कर्मचारी जनतालाई हैरानी मात्र दिन्छन ।’ सामान्य कामको लागी एक साता धाउनु पर्ने अवस्था रहेको उनले गुनासो गरे । 
कार्यलयमा जनप्रतिनिधी र प्रमुख प्रसाशकिय अधिकृत बीचमा असमझदारीका कारण पनि सेवाग्राहीले हैरानी ब्यहोर्नु परेको अर्का एक सेवाग्राहीले बताए । उनले भने, खाइपल्केका कर्मचारी जनप्रतिनीधी आएपछि निमसरो भएका छन, त्यसैले पनि सेवाग्राहीको एक दिनमा हुने काम एक हप्ता लगाई दिन्छन । 
अर्को बिडम्बना त के छ भने स्थानीय सरकारको रुपमा रहेको नगरपालिका कार्यालयमा प्राय सवै जसो विषयगत कार्यालयबाट कर्मचारीहरु नगरपालिका पुगेका छन तर उनीहरुलाई बस्ने ठाउँको व्यवस्था समेत गर्न सकेको छैन कार्यालयले । प्रशासकीय अधिकृत रायमाझी कर्मचारीहरुलाई कसरी सेवाग्राहीको काममा परिचालन गर्ने भन्ने कुनै चिन्ता छैन उनलाई । 
रायमाझी कति बेला कार्यालयबाट घर जान्छन् । कहिले आउँछन्  भन्ने अन्य कर्मचारीलाई त के कार्यालयका मेयरलाई समेत जानकारी हुँदैन् । उनमा आफु नै राजा भन्ने घमण्ड छ । जनता मालिक हुँन् । उनिहरुकै सेवा गर्न आफु त्यस कार्यालयमा कर्मचारी भएर आएको भन्ने कुनै भान नै छैन् । अनि कसलाई टेर्थे र उनले,’ कमलामाई नगरपालिका कार्यालयका एक कर्मचारीले गुनासो पोख्दै भने ।
‘शासकीय पाराले अफिस पुग्ने, सेवाग्राहीहरुसँग कुनै सम्बन्धनै नराख्ने, कार्यालय सहायक मार्फत फाइलहरु टेवलमा ल्याउन लगाउने र सहि गर्ने बाहेक उनको अरु कुनै काम छैन । गुनासो गर्न सेवाग्राहीहरु उनको कार्यकक्षमा पुग्न पाउँदैनन् । वडो हाकीमी पाराले सेवाग्राहीसँग बोल्ने, थर्काउने उनको विशेषता नै हो,’ कमलामाई नगरपालिका ५ का स्थानीय रामकुमार विकले गुनासो गर्दै भने ।
कार्यालयमा आउने अधिकांस सेवाग्राही रायमाझीको ढोका बाहिर घण्टौं उभिएर बस्नु पर्ने बाध्यता छ । न त उनले बाहिर सेवाग्राहीलाई बस्ने व्यवस्था नै गरेका छन् । न त सेवाग्राहीको काम नै समयमा गरिदिन्छन् । 
एउटा नागरीकको करबाट सञ्चालन हुने कार्यालयका कर्मचारी नै शासक भएर कार्यालयमा बस्ने भएपछि सिंह दरबार छिर्न भन्दापनि गारो हुने गरेको पिडितहरुको गुनासो छ । नगरको विकासका लागि कुनै नयाँ योजना अघि सार्न नसक्ने रायमाझीले भुकम्प पिडितको फाइलमा नक्सा स्विकृत गरिदिन समेत तिन महिनाबढी लगाइदिँदा दुई सयबढी भुकम्प पिडितहरुको फाइल नै कार्यालयबाट हराएको भुकम्प पिडित रन्जना श्रेष्ठको गुनासो छ । ‘मैले पेस गरेको फाइल नै हराएपछि फेरी दुई महिनापछि अर्को नयाँ फाइल बनाएर पेश गरे । नगरपालिकामा यस अघि आउने कार्यालयका प्रमुखहरुले नागरीकमा जस्तो व्यवहार गर्ने गथ्र्ये अहिलेका हाकीम मैसासुर जस्ता देखिन्छन्,’ उनले भने । 
कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत रायमाझीले सेवाग्राहीको कामपनि नगरीदिनुलाई के ठान्ने के उनले पैसा माग्न खोजेका त हैनन् । कि उनको गोडा मोल्नु पर्ने, चाकडी गर्नु पर्ने औकात देखाएका हुन्,’ कमलामाई नगरपालिका ६ का केदार शर्माको भनाई छ । 
तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्धन्द्ध पछि २०५४ सालबाट स्थानीयतहका जनप्रतिनीधि विहिन हुँदा जनप्रतिनीधिको समेत जिम्मेवारी सम्हाल्दा डाडु पन्यूनै आफ्नो हातबाट चलाउन पल्केका कर्मचारीहरु त्यसको २० वर्षपछि जनताबाट अनुमोदीत भएर आएका जनप्रतिनीधिलाई समेत अटेर गरी आफै शासक भएर देखाउन खोज्नुको एउटा उदाहरण कमलामाई नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रायमाझीले देखाएको प्रष्टै हुने नगरबासीको गुनासो छ ।
उता कमलामाई नगरपालिका कार्यालयका प्रशासकीय अधिकृत सहदेब रायमाझीसँग प्रतिक्रियाका लागी सम्पर्क गर्दा समय नदिएर बैठकमा भएको बताए । 
मेयर खड्ग खत्री भने केहि समस्या आएको स्वीकार गर्दै आगामी दिनमा त्यस्तो हुन नदिने बताएका छन  । मेयर खत्रीले भने, त्यस्ताे नहुनु पर्ने हाे यदि भएकाे हाे भने अागामी दिनमा सुधार गर्ने उनकाे भनाइ थियाे । 


,

0 comments

Write Down Your Responses