Powered by Blogger.
निजामति कर्मचारी संगठनमा गजुरेल

सिन्धुली, १८ चैत्र । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति सिन्धुलीको आइतबार सम्पनन् भेलाले नेत्र गजुरेलको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमितिको चयन गरेको छ । 
सिन्धुलीमाढीमा सम्पनन् भेलाले उपाध्यक्षमा राजकुमार गोले, सचिबमा कल्याण घिसिङ्ग, कोषाध्यक्षमा सावित्रा रेग्मीलाई चयन गरेको छ । 
त्यस्तै सदस्यहरुमा नारायण श्रेष्ठ, प्रकाश नेपाली, इन्दिरा थापा, देवी ढुगेल, राम नारायण सुवेदी, रामसागर मण्डल र रीता थामी रहेका छन । 
माओवादी केन्द्रका जिल्ला नेता ज्वाला प्रसाद न्यौपाने तथा नेपाल निजामति कर्मचारी संगठन स्थानीय निकायका जिल्ला अध्यक्ष सुदिप केसीको विशेष उपस्थितीमा सम्पनन् भेलाले आउँदो चैत्र २३ गते हुने प्रदेश अधिवेशनको लागी नेत्र प्रसाद गजुरेल, कल्याण घिसिङ्ग, श्रीप्रसाद यादव र रामनारायण सुवेदीलाई प्रतिनिधीको रुपमा समेत चयन गरेको जनाइएको छ । 


0 comments

Write Down Your Responses