Powered by Blogger.
नागरीकलाई गर्ने व्यवहार सुधार्न मेयर खत्रिको निर्देशन


प्रमुख प्रसाशकिय अधिकृतले सेवाग्राहीलाई दुव्र्यवहार गरेको आरोप
राजन गाउँले
सिन्धुली १९, चैत्र । कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख प्रसाशकिय अधिकृत सहदेव रायमाझीले सेवाग्राहीसंग दुव्र्यवहार गर्ने गरेको आरोप लागेको छ । नगरपालिकाको कार्यालयमा काम लिएर आउने अधिकांस सेवाग्राहीलाई रायमाझीले अमानवीय व्यवहार गर्ने गरेको आरोप लागेको हो । 
स्थानीय तह पुनर्संरचनापछि नगरपालिकाको कार्यकारी अधिकृतको स्थानमा काम गर्न आएका रायमाझीले आएदेखिनकै आफ्नो कार्यकक्षमा कुनैपनि सेवाग्राहीलाई प्रवेशनै गर्न नदिने, आफ्नो गुनासो राख्न जवरजस्त पसिहाले नगरप्रहरी लगाएर बाहिर निकाल्न लगाउने गरेको आरोप लागेको हो । 
नागरीकको सेवा गर्न बसेका प्रमुख प्रसाशकिय अधिकृत रायमाझीले नगरवासीसंग कहिलैपनि राम्रो व्यवहार नगरेको र उनको कार्यकक्षमा गएकालाई अपशब्द बोल्दै गालीगरेर निकाल्ने गरेको नेपाली कांग्रेस सिन्धुलीका जिल्ला नेता दिपक मिश्रले गुनासो गरे । 
जाने बुझेकालाई नै दुव्यवहार गर्ने रायमाझीले गाउँबाट काम लिएर आउने सर्वसाधरणले त ढोकामा उभिने सम्मत हिम्मत गर्न नसकेको मिश्रको भनाई छ । 
अधिकृतको व्यवहारका कारण एउटैकामका लागि महिनौंसम्म नगरपालिका धाउनु पर्ने बाध्यता आएको कमलामाई नगरपालिका ५ का सहदेव ढकालको दुखेसो छ । रायमाझी कमलामाई नगरपालिकामा आएको चार महिनाबढी भइसक्यो । अधिकृतको टेवलमा पुगेको कागजातमा सहि हुन नसक्दा धेरै हराउँछन् । के कारणले काम भएर भनेर नागरीकले जान्न पाउँदैनन् । बाध्य भएर फेरी अर्को कागजात तयार गरेर काम गर्न जानु पर्ने बाध्यता हुँदा नागरीले सँधै सास्ती भोग्नु परेको ढकालले गुनासो गरे ।
उनको व्यवहारबाट आजीत नागरीकले पटक पटक मेयर खड्ग खत्रिलाई गुनासो राखि सकेका छन् । अधिकृत रायमाझीको कार्यकक्षमा काम लिएर गएकाहरु घण्टौंसम्म बाहिर उभिएर बस्नु पर्दा बृद्ध, बृद्धा तथा बालबच्चा बोकेर काम गराउन कार्यालय पुग्नेहरुले निक्कै कष्ठ भोग्नु परेको गुनासो गर्ने गरेका छन् । 
मुस्कान सहितको सेवा दिने सरकारी निती भएपनि रायमाझीले सेवाग्राहीलाई आफ्नो कार्यकक्षमा पस्न समेत नदिनु अत्यन्त दुःखद कुरा भएको नक्सा पास गराउँन एक साता देखि नगरपालिका धारई रहेका कमलामाई नगरपालिका ३ का शिक्षक रमेश देवकोटाले भने । 
‘केहीले मात्र भित्र पस्ने अनुमती पाएपनि उनले तत्काल बाहिर जान आदेश दिन्छन् । ज्यु हजुर भन्दै गुनासो राख्न थाले सुरक्षकर्मी बोलाएर गलहत्याउँदै बाहिर निकाल्न लगाउँछन् । के यहि हो लोकतन्त्र । के हजारौं शहिदले बलिदानी दिएर  सिंहदरबारको शासन गाउँमा आएको भनेको यही हो ?,’ देबकोटाले उल्टो प्रश्न गर्दै भने ।
कार्यलयमा जनप्रतिनिधी र प्रमुख प्रसाशकिय अधिकृत बीचमा असमझदारीका कारण पनि सेवाग्राहीले हैरानी ब्यहोर्नु परेको अर्का एक सेवाग्राहीले बताए । उनले भने, खाइपल्केका कर्मचारी जनप्रतिनीधी आएपछि निमसरो भएका छन, त्यसैले पनि सेवाग्राहीको एक दिनमा हुने काम एक हप्ता लगाई दिन्छन । 
  सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउन, कानूनको शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात् गरी सर्वसाधारणले पाउनु पर्ने सेवा छिटो, छरितो तथा कम खर्चिलो ढङ्गबाट पाउने अवस्था सृजना गर्न सरकारले सुशासन ऐन २०६४ ल्याएको छ । 
नागरीकको गुनासो अनुसार अधिकृत रायमाझीलाई आफ्नो व्यवहार सच्चाउन र नागरीकलाई सम्मान गर्न मेयर खत्रिले पटक पटक सचेत गराउँदा पनि अटेर गरेको मेयर खत्रिको भनाई छ । उनले आगामी भोलीबाटै यस्तो गुनासो नागरीकबाट नआउने गरी काम गर्न निर्देशन समेत दिएको जनाए ।
उता आफ्नो व्यवहार प्रति नागरीकले गर्ने गरेको गुनासो स्विकार गर्दै प्रमुख प्रसाशकिय अधिकृत रायमाझीले आफुले नियतबस कसैलाई दुःख नदीएको भन्दै कार्यकक्षमा भिडभाड हुने हुँदा काम गर्न गाह््रो हुने भन्दै बाहिर बस्न अनुरोध गर्ने गरेको बताए । 
स्थानीय तह संरचना पछि सिंहदरबारको अधिकार गाउँमै आउने अपेच्छा गरेका सर्वसाधरणले नगरपालिकाको अधिकृतको व्यवहारप्रति चर्को विरोध गर्न थालेका छन् । अधिकृतको व्यवहारबाट आफुहरु पटक पटक अपमानीत हुने गरेको भन्दै मेयर खत्रि समक्ष कारबाहीका लागि उजुरी समेत गरेका छन् । 
नोट ः प्रमुख प्रसाशकीय अधिकृत रायमाझीको कार्यकक्षमा पस्न रोक लगाएपछि ढोका बाहिर अलपत्र बसेका सेवा ग्राही । थप समाचारसंग सम्बन्धीत फोटो र फुटेजसमेत संलग्न छ । तस्विर ः राजन गाउँले, सिन्धुली । 


,

0 comments

Write Down Your Responses