Powered by Blogger.
धमाधम कानुन बनाउँदै स्थानीय सरकार


बुद्धकुमार आछामी
सिन्धुली, १ जेठ । स्थानीय सरकार यतिबेला धमाधम आफ्नो कानुन तथा कार्यबिधी निर्माणमा ब्यस्त देखिएको छ । सिन्धुलीका प्राय सवै जसो स्थानीय तहहरु आफ्नो कानुन निर्माणमा ब्यस्त देखिएका छन । कतिपय निर्माणको चरणमा छन भने कतिपय कार्यान्वयनको चरणमा छन । जिल्लाको ९ वटा स्थानीय सरकार मध्ये कमलामाई नगरपालिका कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी आफुले निर्माण गरिसकेका कानुनहरुको बारेमा जानकारी गराएको छ ।
कमलामाई नगरपालिका कार्यालय सिन्धुलीका प्रबक्ता कर्ण बहादुर घिसिङद्धारा जारी प्रेश बिज्ञप्ती अनुसार हाल सम्म कमलामाई नगरपालिकाले ७ वटा विषयसँग सम्बन्धीत कानुनहरु निर्माण गरिसकिएको जनाइएको छ ।
शिक्षा बिधेयक, सहकारी विधेयक, कृषि ब्यवसाय प्रबद्र्धन बिधेयक, प्रशासकीय कार्यविधी(नियमित गर्ने) बिधेयक, संघ संस्था दता गर्ने सम्बन्धी विधेयक, न्यायीक समिति विधयेक, सडक तथा सार्वजनिक मापदण्ड बिधेयकहरु बैशाख आईतबार र सोमबार बसेको नगरसभाबाट पारित भएको प्रबक्ता घिसिङले जानकारी दिए । शिक्षा, सहकारी र कृषि ब्यवसाय प्रबद्र्धन बिधेयक केहि संशोधन सहित पारित गरिएको र अन्य विधेयक सर्वसम्बत पारित गरिएको जनाइएको छ ।
अन्य विद्ययक तथा कार्यविधीहरु पनि धमाधम निर्माणको चरणमा रहेको नगरपालिका कार्यालयले जनाएको छ । नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अधिनमा रहि ऐन तथा कार्यविधीहरुको निर्माण गरिएको र विषयगत समिति, विधेयक समिति, नगरकार्यपालिका बोर्ड हुँदै नगरसभा मार्फत विधेयकहरु पारित गरिएको प्रबक्ता घिसिङले बताए ।
पत्रकार सम्मेलनमा प्रबक्ता घिसिङले दोश्रो नगरसभा बैठकले बजार क्षेत्रमा विधुत लाईन अन्डरग्राउन्ड गर्न, नगरपालिका क्षेत्रमा विधुत विस्तार गर्न र कमलाई नगरपालिका वडा नं.९ बाट १० हुँदै तिनपाटन र गोलन्जोर जोड्ने उत्तर दक्षिण सडक निर्माणका लागी प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय समेत गरेको बताए ।
नगरसभाले नगर पाश्वचित्र तयार गर्ने, जेष्ठ ७ देखी १३ गते सम्म सवै वडा भेलाहरु सम्पनन् गर्ने निणय समेत गरेको जनाइएको छ ।




,

0 comments

Write Down Your Responses