Powered by Blogger.
उवासंघ निवाचनमा बद्रि बहादुर कार्की नेतृत्वकाे प्यानल किन ?

  • बेद रानामगर 

अहिलेको आवश्यकता भनेको विकास र समृद्धि हो । हामीलाई व्यक्ति दल र राजनीति भन्दा पनि विकास चाहिएको हो । त्यसैले हामीले कुन स्थानमा को पुग्दा सहज विकासको गति अगाडि बढ्छ त्यो कुरालाई मूल्याङ्कन गरेर नेतृत्व चयन गर्ने हो । अहिले देशभर बामपन्थीको लहर छ । केन्द्रिय सरकार, प्रदेश सरकार स्थानीय सरकार तीन नम्बर प्रदेशका तीनवटै सरकार बापन्थीका छन् । यस्तो अवस्थामा उद्योग वाणिज्य संघमा गैर बापन्थीलाई चुनाव जिताउनुको कुनै अर्थ रहदैन । यदि त्यस्तो हुन पुग्यो भने तीन वर्षलाई उद्योग वाणिज्य संघ काम विहिन अवस्थामा बस्ने नै हो ।
उद्योग वाणिज्य संघ सिन्धुलीको निर्वाचन मिति नजिकिदै जाँदा अहिले निर्वाचन कसले जित्ला, कसको पक्षमा कुन स्थानका कति मतदाता होलान । कुन क्षेत्रले कसलाई समर्थन गर्ने आदि इत्यादी अड्कलबाजिहरु हुन थालेका छन् । निर्वाचनको सन्र्दवमा यो हुनु स्वभाविकै हो । हुन्छ । निर्वाचनमा उनिहरुले प्रत्यक्ष रुपमा दलिय राजनीति देखाउन नखोजे पनि व्यवहारत एउटा प्यानलाई प्रगतिशिल प्यानल भनिएको छ जुन अहिलेको बामगठबन्धकै उपस्थिति हो भने अर्को प्यानललाई लोकतान्त्रीक प्यानल भनिएको छ जुन नेपाली कांग्रेसको समर्थनमा बनेको प्यानल हो । अहिले लोकतान्त्रीक प्यानलको नेतृत्व अमरेश बैदारले गरिरहेका छन् भने प्रगतिशिल प्यानलको प्रतिनिधित्व बद्रिबहादुर कार्कीले गरिरहेका छन् । प्रगतिशिल र लोकतान्त्रीक प्यानलको नाममा बाम गठबन्धन र नेपाली काग्रेस विचमा नै निर्वाचन हुदै छ भन्दा पनि अन्यथा ठान्नु आवश्यक देखिदैन । यो कुरालाई जसले जति अस्विकार गरेपनि अथवा होइन भनेपनि दुवै प्यानलमा प्रतिनिधित्व गर्ने उमेदबारहरुको विगतका राजनीतिक आस्था र संलग्नताले नै त्यो कुरालाई पुष्टि गरिसकेको छ । दुबै प्यानलका अधिकाशं उमेदबारहरु माउँ पार्टीका जिम्मेबार पदमा बसेर काम गरिसकेका तथा बर्तमानमा पनि काम गरिरहेका व्यक्तिहरु नै छन् । तर यसो भन्दै गर्दा उनिहरु राजनीतिक कार्यकर्ता नै हुन् भन्ने अर्थमा बुझ्नु पनि हुदैन । उनिहरु व्यापार व्यवसाय सँगै राजनीति गर्ने राजनीतिक पृष्ठभूमिका व्यापारी हुन् । नेतृतव लिन तयार भएका दुवै खेमाका दुवै जना उमेदबार लामो समय उद्योग वाणिज्य संघका विभिन्न पदमा बसेर काम गरिसकेका योग्य र कर्मठ पात्रहरु हुन् त्यसमा पनि दुई मत छैन । उनिहरु मध्ये जसले संघको नेतृत्व पाएपनि संस्था राम्रो सँग चलाउने हैसियत राख्छन् तर पनि देशको राजनीतिक बातावरणले भने पक्कै पनि उनिहरु दुईको नेतृत्व सक्षमतालाई सहयोग र असहयोग भने गर्ने छ । त्यसैले हामीले अहिलेको यहि राजनीतिक बातावरणलाई विश्लेषण गरेर सहि नेतृत्व को हो त भनेर छुट्टाउनु पर्ने अवस्था छ ।  
यहाँ दुई प्यानलको राजनीतिक निकटता किन जोड्न खोजिएको हो त भन्दा भोलि निर्वाचित भएर आउने टिमको सफलता र असफलता अहिलेको राजनीतिक माहोल संग प्रत्यक्ष जोडिने देखिन्छ । देशभर बाम गठबन्धनको लहर चलेको छ । सिन्धुली जिल्लाको सन्र्दभमा कुरा गर्ने हो भने जिल्लाका दुई निर्वाचन क्षेत्र र चार प्रदेश सभामा बामपन्थीहरुको उपस्थिति छ । नेपाली कांग्रेस प्रदेश र संघिय संसदमा लगभग जिल्लागत प्रतिनिधित्व शुन्यको अवस्थामा छ । स्थानीय तहगत रुपमा जाँदा पनि ६ वटा स्थानीय तहको नेतृत्व तहमा बामपन्थी छन् भने तीन वटामा मात्र नेपाली काग्रेसको नेतृत्व रहेको छ । सदरमुकाम सहितका दुई नगरपालिका जहाँ व्यापारीक गतिविधि बढि हुन्छन् र उद्योग वाणिज्य संघका प्रत्यक्ष क्रियाकलापहरु सञ्चालन हुन्छन् ति क्षेत्रमा बामन्थीकै नेतृत्वमा स्थानीय तहहरु छन् । त्यसैले अहिले सिन्धुली उद्योग वाणिज्य संघमा गैर बामपन्थीको नेतृत्व निर्वाचित हुनु भनेको लगभग एक कार्याकाल अर्थात ३ वर्ष सिन्धुली उद्योग वाणिज्य संघ ‘विजनेश’ विहिन हुनु जस्तै हो । 
प्रगतिशिल प्यानको प्रतिनिधित्व गर्ने बद्रिबहादुर कार्कीको प्यालने बाढेको चुनावि घोषणा पत्र अध्ययन गर्ने हो भने पनि त्यो कुरा प्रष्ट हुन्छ । उनिहरुले उद्योग वाणिज्य संघमा आफूहरु निर्वाचित भएमा स्थानीय सरकार सँग मिलेर काम गर्ने, प्रदेश सरकार सँग जिल्लाको विकासमा समन्वय गर्ने, संघिय सरकारलाई ठूला पूर्वाधार विकास गर्न समन्वयात्मक दवाव सृजनागर्ने जस्ता कुराहरु उल्लेख गरेका छन् । यि कुराहरु लोकतान्त्रीक प्यानले पनि आफ्ना घोषणा पत्रमा लेख्न सक्छन् । हाल सम्म उनिहरुको घोषणा पत्र नै आएको छैन । उनिहरुले पनि उद्योग वाणिज्य संघमा निर्वाचित भएर नेतृत्वमा पुगे भने प्रयास गर्ने भनेको स्थानीय सरकारहरु सँग समन्वय गर्न नै हो तर लोकतान्त्रीक प्यानले गर्ने स्थानीय तह सँगको समन्वय र प्रगतिशिल प्यानले गर्ने समवन्य कस्तो खाले समन्वय होला हामी आफै अनुमान गर्न सक्छौ । कसले चै अहिलेको अवस्थामा वास्तविक रुपमा सहि समन्वय गर्न सक्लान ? त्यो मतदाता व्यापारीले विश्लेषण गर्ने कुरा हो । बामपन्थी धारका स्थानीय सरकार प्रमुख देखि प्रदेश र संघिय सासदहरुले प्रगतिशिल प्यानबाट निर्वाचत भएर पुगेकाहरुलाई विश्वास गर्लान कि लोकतान्त्रीक प्यानलका लाई त्यो घाम जतिकै छर्लङ् भएको कुरा हो । 
अहिलेको आवश्यकता भनेको विकास र समृद्धि हो । हामीलाई व्यक्ति दल र राजनीति भन्दा पनि विकास चाहिएको हो । त्यसैले हामीले कुन स्थानमा को पुग्दा सहज विकासको गति अगाडि बढ्छ त्यो कुरालाई मूल्याङ्कन गरेर नेतृत्व चयन गर्ने हो । अहिले देशभर बामपन्थीको लहर छ । केन्द्रिय सरकार, प्रदेश सरकार स्थानीय सरकार तीन नम्बर प्रदेशका तीनवटै सरकार बापन्थीका छन् । यस्तो अवस्थामा उद्योग वाणिज्य संघमा गैर बापन्थीलाई चुनाव जिताउनुको कुनै अर्थ रहदैन । यदि त्यस्तो हुन पुग्यो भने तीन वर्षलाई उद्योग वाणिज्य संघ काम विहिन अवस्थामा बस्ने नै हो । स्थानीय सरकार र प्रदेश सरकारले विश्वासको अभावमा उद्योग वाणिज्य संघ सँग कुनै पनि गतिला काम गर्ने अपेक्षा गर्न सकिदैन । ‘राईट म्यान टु राईट प्लेस’ को शिद्धान्तलाई मान्दै उद्योग वाणिज्य संघको नेतृत्वमा अलिहे बद्रिबहादुर कार्कीको विकल्पमा नेतृत्व चयन गर्नु भनेको आम व्यापारीहरुले आफ्नो खुट्टामा बन्चरो हान्नु नै हो । 
अझ लोकतान्त्रीक प्यानका अधिकांश पुराना अनुहार हरुले उनिहरु उद्योग वाणिज्य संघका लागि सल्लाहाकारका लागि मात्र उपयुक्त छन् भन्ने कुरा पुष्टि गरिसकेको छ । व्यक्तिको पद नतोकौ लोकतान्त्रीक प्यानलका अधिकांशबाट उद्योग वाणिज्य संघले फड्को मार्ने भए उनिहरु पटक पटक नेतृत्वमा पुग्दा किन केहि गर्न सकेनन् ? अब पनि उनिहरुबाट के अपेक्षा गर्ने ? उनिहरुबाट के लिन बाँकी छ ? के उनिहरुले अवसर नपाएका हुन् ? अवसर पाउदा नगर्ने फेरी दोहो¥याई तेहे¥याई मात्र नभए माथिल्लो पदमा पुगिसकेकाहरु पद लोलुप्त भएर तल्लो पदमा झरेर पदको भोकोपन देखाउदा समेत हामीले निर्वाचित गराउने हो भने नयाँ यूवा र सक्षमहरुले कहिले पालो पाउने ? नयाँका योजना कहिले हेर्ने ? उनिहरुलाई अवसर कहिले दिने ? मतदाताहरुले दुवै प्यानलबाट छानी छानी नयाँ यूवा र योग्यलाई उद्योग वाणिज्य संघको नेतृत्वमा पु¥याउनु पर्दछ । 
मुल नेतृत्व देशको राजनीतिक बातावरण अनुकुल कै आउनु पर्दछ भने तल्ला तहहरुमा दुवै प्यानलका यूवा जोश र जागर भएका कर्मठ व्यक्तिहरु आउनु पर्दछ । जसले विगतमा आफू संलग्न भएका केहि संस्थाहरुमा उदाहरणिय काम गरेका हुन् । त्यस्ता व्यक्तिको पहिचान गरौ । प्यनल, बाद राजनीति भन्दा माथि उठेर हाम्रो उद्योग बाणिज्य संघमा २१ औं सताब्दी अनुकुल सञ्चालन गर्न सक्नेलाई नेतृत्व दिऔं । यहाँ अनुभवका नाममा न त हामीलाई केश पाकेका बुढा चाहिएको हो न त यूवाका नाममा उमेरमा ४० मुनि चाहिएको हो । हामीलाई त सक्षम नेतृत्व चाहिएको हो । त्यो गुण भएका व्यक्तिलाई छानौ । राजनीतिक बातावरणको गहन विश्लेषण गरौ. । उद्योग वाणिज्य संघलाई कुर्सि हल्लाउने र फोटो टाँस्ने मात्र संस्थाको रुपमा रहन नदिऔं । जिल्लामा निर्वाचित प्रदेश तथा संघिय सांसद, स्थानीय सरकारहरुले समन्वयन गर्न सक्ने र विश्वास गर्ने खाल्को नेतृत्वलाई चयन गरेर हाम्रो उद्योग वाणिज्य संघमा दरिलो नेतृत्व स्थापित गरऔंं । यसमा नै सबैको हित छ ।  


0 comments

Write Down Your Responses